Posted by: haal haal pandit June 1, 2024
जिन्दगि ट्रंपको गाली खादै सकिने भयो .
Login in to Rate this Post:     0       ?        

अम्रिका आएको लगभग १० वर्ष पुग्न लागेछ, ऐले सम्म पेपर बनेको छैन सबैले TPS TPS भनेर हेप्छन . यो ट्रंप पनि जेल जाला जस्तो छैन , जेल नगए पछि चुनाब जित्ने पक्का पक्कि होला . एसले चुनाब जिते पछि बोकाको मुखमा कुभिन्डो जसरि इमिग्रेन्टलाइ गाली गर्न थाल्छ .
पैले पनि एसको गाली ४ वर्ष सहेकै हो , एसले गाली गर्न थाले पछि एसको अन्ध भक्त हरु कुना कुना बाट निस्किएर इमिग्रेन्टलाइ गाली गर्न थाल्छन . हाम्रो देशमा आएर हाम्रो रोगजारी खोस्यो भनेर तोकेसो गर्न थाल्छन. काममा पनि खैर हरु प्यासिभ अग्रेसन देखाऊन थाल्छन.

TPS पनि बन्द गर्ने होला . टोल , गली बाटो दोबाटो सबै तिर ब्राउन हुनको खेदाई खानु पर्ने होला . येसो नेपालमा गएर काम गरौ कि भन्ने सोचे . तलब जम्मा जम्मी ८० हजारको हारा हरि हुने रैछ . तेती पैसाले के गर्नु , न बाउ बाजेको सम्पति न श्रीमतीको माइतीको पेवा न त बिहे गर्न सकेको छु .

१ मिलिएंन डलर नलागि त केहि हुने देखिएन , घर किन्ने ५ करोड पर्ने रैछ . आफु संग जम्मा जम्मी ७ वर्ष काम गरेर ४ लाख डलर जति सेभ होला . अरु जिन्सी र ४०१ गरेर ५ लाख जति होला . अर्को ५ लाख डलर कहाँ बाट ल्याउनु ? तेती जम्मा गर्न अर्को ५ ७ वर्ष लाग्ने होला .

खै यो जिन्दगि फेरी ट्रंपको गाली खादै बित्ने भयो !
Read Full Discussion Thread for this article