Posted by: jhaukiri May 12, 2024
ठुलो कुरो ।
Login in to Rate this Post:     0       ?        
ठुलो कुरो ।

त्यो दुई काने चप्पलको टाउको बिभत्स तरिकाले चुंडिदा
टुकी बत्तिको साहराले जोड्ने कोसिस गरे पनि
अथक प्रयास पछी किला घुसारेर बिजय उत्सव मनाएको छौ ?

पानी पर्दा,
हिलो बटुलेर
गज्यंग गज्यंग खुट्टाका औंलाको
काप्चाबाट निक्लेको अमुर्त कलालाई
राती सुत्ने बेला चिलायर
मुर्त बनाएका छौ ?

पाकेको सिङान बोकेर
भातको माडले चङ्गा टालेको छौ कि
खैनीको बट्टा कुच्चाएर राम लक्ष्मण बनेका छौ ?

फर्सीको पातमा
फर्सीकै पिरो तरकारी र
नपाकेको भात
खान भए पनि रात भर खासाबाट ल्याएको ज्याकेटको भरमा देउसी नसकिंदै
परालको कुन्युमा निदाएको छौ ?

धानको भरी बोकेको छौ ? ?
गंहु चुटेको छौ ?
गुलेली हन्न दिन भर खोलाको तिरमा गट्टा टिपेको छौ ?

गोठालो जाँदा पाङोको आलु उखलेर पोलेको छौ
कि केराउ बक्कुला चोर्न भिर उक्लेको छौ ?

गट्टिवाल जुत्ता लगाएर मामा घर गएका छौ
कि त्यहि जुत्ता स्कुलमा लगेर हिरो भका'छौ ?

माटोसँगको परिचयमा जीवन जिएको छौ ?

सक्छौ बाँकी जीवन त्यो बिगत सम्झेर बस्न , रमाउन ?

सन्तोक छ ?

मुस्कान छ ?

खुशी छ ?

यदि छैन भने....

ठुलो कुरो नगर , ठुलो कुरै  नगर  !!!



Last edited: 12-May-24 10:09 AM
Last edited: 12-May-24 10:12 AM
Read Full Discussion Thread for this article