Posted by: crazy_love April 24, 2024
मन भित्र को पत्रै पत्र!
Login in to Rate this Post:     1       ?         Liked by
पार्ट- 5
"समी! यदि मैले मर्नै चाहन्थे, र हाइवे मा हिडिरहेकी थे भन्दा तिमीलाइ बिस्वाश लाग्छ?"

"हँ? के भन्नु भयो?" समी एक्छिन अलमल्ल परी।

"कुरा के भने त्यो दिन म पनि मात्तिएकी थे, कुनै बारमा र केहि घटना घट्यो र मैले रक्सीको नशामा ठिक बेठिक सोचिन। म मर्न चाहन्थे।"

समी खाली मलाइ हेरि मात्र रही। उसको आखाहरु सोधीरहेका थे, "किन?"

"तिमीलाइ मेरो कुराहरु बुझ्न गार्हो भएको छ?"

"तपाइलाइ त्यस्तो मर्ने परिबेशमा पुर्याउने कुरा के हुन सक्छ भनेर म सोच्दैछु। तेस्तो राम्रो काम छ, राम्रै कमाइ होला, परिवार राम्रो होला। के कारन होला तपाइले पनि रक्सीको सहारा लिनै पर्ने?"

"बाहिर हेर्दा सबै कुरा सामान्य देखिन्छन्, तनमा देखिने जस्तो मनको घाउ कसैले देख्दैन। तिम्रो जस्तै मेरो जिबनमा पनि आधीबेहरीहरु आएको थियो, र म त्यस आँधीपछि को चोटले अझै रन्थनिएको छु, समी। प्रतिश्ठा, धन र सुखसुबिधाले त्यो चोटको दुखाइ कम गर्न सक्दैन।"

"मैले कुरा बुझिन!"

"म सानै थे, एउटा राछश् थ्यो, त्यसले मलाइ माया गर्ने बहानामा चोट दिन्थ्यो, देखिने र नदेखिने ठाउहरुमा। मेरो शरिरलाइ चिमोट्थ्यो, टोक्थ्यो र निचोर्थ्यो। त्यो चिन्जानको मान्छे थियो। घरमा सबैले बिश्वाश् गर्ने। तर त्यो कोहि नभेको बेलामा आउथ्यो र मेरो बालापनको नराम्रो फाइदा उठाउथ्यो। जस्तो तिमीले भोग्यौ नि म पनि त्यसरी नै रुन्थे र कराउथे। तर मेरो कुरा सुन्ने कोहि हुन्थेन। मलाइ रातभरी डर लाग्थ्यो। घरमा बस्न मन लाग्थेन। मैले के हुदैछ बुझेकी थिइन र म बिस्तारै लोग्ने मान्छे सङ डराउने भएकी थिए। मलाइ पुजा आजा गरेर सामान्य बनाउने प्रयाश गरेको थ्यो। केहि बर्शपछि त्यो मान्छे हाम्रो घर आउन छोड्यो। तर पनि म बाटोमा हिड्दा कतै मेरो पछि लागिरहेको छ कि भन्दै हेर्दै हिड्थे। मेरो पढाइमा मन लाग्थेन, न त म कसैलाइ बिश्वाश् गर्न सक्थे। साथीहरु थिएनन्, म एक्लै बस्न रुचाउथे। मलाइ आफ्नै परिवार पनि को हो को हो जस्तो लाग्थ्यो। म आफ्नै शरीरलाइ घ्रीणा गर्न थालेको थे, म भित्र आत्मबिश्वाश् बिकाश हुन पाएको थिएन। त्यसै बेला मैले आफुलाइ लुकाउने संसार भेटेको थे। म कथाहरु पढ्थे, कबिताहरु लेख्थे, र बिस्तारै म एक्लै रमाउन थालेकी थे। अलि ठुलो भएपछि बिहेको कुरा चल्न थाल्यो, म पड्छु भनेर जिद्दि गर्न थाले। त्यस्को लागि मैले परिवारलाइ राम्रो पढेर देखाउनु थ्यो। मैले आफ्नो हाइ इस्कुल्मा राम्रो पढ्न थाले।

"कसैलाई त भन्न खोज्नु भयो होला?" समीको आँखामा आँशु थ्यो। "मेरो आमा जस्तो पापी त तपाइको आमा हुनु हुन्थेन होला।"

"मेरो त आमा नै हुनु हुन्थेन।"

"सरी, मलाई सबैको आमा हुन्छन होला जसो लाग्थ्यो। माया गर्ने राम्री आमा, मेरो बाहेक।" समीको अनुहारमा कौतुहुलता थ्यो।

"मेरो आमा मलाई जन्म दिएर जानु भएको थ्यो, कतै। यही संसारमा हुनु हुन्छ भन्नु हुन्थ्यो हजुर आमाले। तर मैले कहिले देखिन, उहा मलाई भेट्न पनि आउनु भएन। कुमारी आमा हुनु हुन्थ्यो रे, बुवा को हो कसैलाई थाहा थिएन रे। हाम्रो समाजमा बिहे नागरिकन बच्चा जन्माउने नारीलाई बाँच्न सजिलो हुँदैन थ्यो।"

"यहा त सिङल आमा हुन्छन। त्यस्तो ठुलो कुरो हुँदैन।"

"यहाँ र त्यहाँ ठुलो अन्तर छ समाजमा, सोचमा, बिकासमा।"

"अनी हजुर आमालाई भन्नु भएन?"

"भनेकी थिए। तर उहाले त्यस्तो कुरा गर्नु हुँदैन भनेर मलाई चुप लगाउनु भयो। मेरो बिहे गर्न गार्हो हुन्छ रे। उहाँ मलाई पनि गुमाउन चाहनु हुन्थेन।"

"कस्तो गार्हो?" समी कल्पना गर्नै सकिन।

"मलाई बिहे गर्न मन थिएन। सेक्स भन्नसाथ मलाई त्यही राक्षसको डरलाग्दो सम्झना आउथ्यो। मेरो कल्पनामा सेक्स पीडादायी हुन्थ्यो, कल्पना गर्नै नसकिने जिन्दगीभरको पीडा। मैले कहिले पनि सेक्स लाई सन्तान उत्पादन बाहेक सन्त्टुष्टिको अनुभब गर्न सकिन। लोग्ने खुशी थिएन, मलाई रहर थिएन। पारीणाम स्वरुप लोग्ने अरु कोही स्त्रीसँग शारीरिक सुखको लागि जान्थ्यो शायद मानसिक शान्तिको लागि पनि। मलाई थाहा थ्यो हप्ताको २-३ रात उ गायब हुन्थ्यो।

हाम्रो कोठा छुटिसकेको थ्यो। अमेरिका आएपछी हामी दुई सन्तानको अभिभाबक मात्रै थ्यो, समाजको लागि पर्फेक्ट परिवार, भित्री रुपमा म टुटिसकेकी थिए। त्यसैले साँझ हुनासाथ अली अली पिउन सुरु गरेकी थिए, पछी बानी पर्न थाल्यो र बेहोश हुन थाले। एकचोटि उपचारको लागि रिह्याबमा पनि बसे। रक्सी छोडेपछी झन झन गार्हो भयो। मन अती उदास के? केही गर्न मन नलाग्ने, कोही सँग बोल्न मन नलाग्ने, मनमा खुशी नहुने। बिहान ब्युझिन पनि नपरे हुन्थ्यो जस्तो। तर काममा जादा केही भुलिने, म आँफै डिप्रेसनको बिरामी भए। मेरो थेरापिस्ट्ले औशधी खानु पर्छ भन्छ, तर म अौशधीको भरमा यो बेकारको जिन्दगी लम्बाउन चाहन्न। मेरो आबश्यक्ता कसैलाई छैन, मैले आँफैले जन्माएको सन्तानलाई पनि मेरो वास्ता छैन। म के को लागि बाँच्ने?"

"के भन्नु भएको त्यस्तो? तपाइको आबश्यक्ता छ, मेरो लागि, अनी म जस्तै अरु धेरै बिरामीहरुको लागि। तपाईंको हामीलाई आबश्यक्ता छ। यती धेरै दु:ख हुँदाहुँदै पनि तपाईं हाम्रो दु:ख सुन्नु हुन्छ, हामीलाई बाँच्ने उत्साह दिनु हुन्छ। म औशधी खादिन तर तपाईंले त्यो थाहा पाएर पनि उपचारको लागि प्रेरणा दिनु हुन्छ। हाम्रो जिबनको अर्थ आफ्नै परिवारको वरिपरि रहेर आफ्नै लागि बाच्दैमा साकार हुँदैन। हामी अरुको लागि बाच्नु झन ठुलो कुरा हो।"

"त्यो त तिमीले भन्ने कुरा हो। तर यति ठुलो संसारमा म एक जना मरेर कुनै फरक पर्दैन। बास्तबमा भन्ने हो भने हामीलाइ जन्म दिने आमाबुबा बित्दा पनि हामी बाँचिरहेका छौ। आफुलाइ माया गर्ने मान्छे गुमाएर पनि हामी हासिरहेकी छौ। मनमा त्यो रित्तोपन छ नि हो त्यो एक्दम फैलिरहेको छ, त्यसलाइ रोक्नै सक्दिन।"

"हेर्नुस्, मिस! मलाइ थाहा छ, त्यो रित्तोपन कति गार्‍हो हुन्छ, अनुभव गर्नलाइ। म हरेक बिहान त्यहिसङ ब्युँझन्छु, र रक्सी ले भर्न खोज्छु त्य्सलाइ। परिणाम स्वरुप म झन धेरै रित्तिन्छु अर्को दिन। यो क्रमिकता चल्दैछ। तर तपाइ म जस्तो होइन, न घर, न परिवार न त जिन्दगीको ठेगान भएको। तपाइसङ सीप छ, अरुलाइ मद्दत गर्ने चाहना छ। तर त्यो भन्दा पहिले तपाइले आफ्नो हेरबिचार गर्नु जरुरी छ। यदि चाहनु भयो भने फेरि पनि उपचारमा जान सक्नु हुन्छ। यो लत हो रक्सीको तर मनको उपचार गरेपछि रक्सीको नशा आबश्यक हुदैन। तपाइकै शब्द सापट लिदा म के भन्छु भने औशधीले मद्दत गर्छ, थेरापि पनि चाहिन्छ। बर्सौ पुरानो घाउहरुमा मल्हम् लगाउनु पर्छ। उपचार गर्नु पर्छ तपाइले। म जस्तो हरेश खानु हुदैन।"
"तिमी यस्तो राम्रो कुरा बुझेकी मान्छे तर आफ्नो जिबनमा यी सबै कुरा किन लागु गर्दैनौ। तिमीलाइ रोगको बारेमा थाहा छ, ट्रमाको बारेमा थाहा छ, उपचारको बारेमा पनि थाहा छ। तर तिमी किन औशधी खादेनौ।"

"म निको हुन चाहन्न। मेरो अर्को पनि रोग छ।"

"के रे? तिमीले त मलाइ कहिले भनेनौ।"

"मेरो मुड हाइ र लो हुन्छ। हाइ हुदा रक्सी खान्छु र मुडलाइ नर्मल बनाउन खोज्छु। जब लो हुन्छ, म मेथ युज गर्छु, किनकि फेरि मेरो मुडलाइ नर्मल बनानुन खोज्छु।"

"समी, तिमी आफै अौशधी गर्छौ रक्सी र ड्रग्स् युज् गरेर?"

"मेरो रोग नै त्यस्तो छ। म सुपर् म्यानिक हुन्छु कहिले, कहिले धेरै डिप्रेस्सनमा हुन्छु। म कहिले नर्मल हुन सक्दिन तपाइ जस्तो।"

"बाइपोलार डिसर्डर हो? त्यस्को पनि उपचार छ, समी!"

"एक्ज्याक्ट्ली, सबै रोगको उपचार छ तर हामीमा आफु निको हुने चाहना पनि त हुनु पर्यो।"

"त्यो त हो! तर हामी Denial मा बस्छौ।"

"रोगलाइ हेर्दा त्यस भन्दा अघि हामी मानब हौ भन्ने कुरा पनि बिर्सन्छौ। अनि कसरी स्वीकार गर्न सक्छौ, मानसिक स्वाथ्यलाइ।"

"यही कुरा त हामीले समाजलाइ बुझाउन सक्नु पर्छ, तिमीले, मैले सबै मिलेर मानसिक स्वास्थ्य पनि शारिरिक स्वास्थ्य जस्तै ण् छ भनेर भन्न सक्नु पर्छ।"

"हेर्दा हेर्दै तपाइको अनुहारमा कस्तो चमक आयो। देख्नु भयो तपाइ किन आबश्यक छ हामीलाइ, अनि यो संसारलाइ?"

"साँच्चिनै जब कोहि रक्सीको लतमा लाग्छ वा ड्रग्स् युज् गर्छ। परिवारले, समाजले उसलाइ लत बाट छुटाउन मात्रै चाहन्न्छ। तर मनभित्र के भएको छ हेर्ने प्रयास गर्दैन। बिभिन्न मान्छेको बिभिन्न थरी मानसिक समस्या हुन सक्छन्। ती मानसिक समस्याको पनि उपचार गर्नु पर्छ। लत छुटे पनि मन त बिमारी नै छ भने फेरि relapse हुन सक्छ। हामी यही कुरा समाजलाइ बुझाउन सकि रहेका छैनौ।"

"तपाइले ठिक भन्नु भयो। मनको पत्र पत्र केलाउनु पर्छ, कस्तो घाउ छ, कसरी निको पार्नु पर्छ, सबै उपचार गर्नु पर्छ। अबश्य पनि रक्सी र ड्रग्स् को लतको पनि उप्चार गर्नु पर्छ। तर एउटाको उपचार गर्यो अर्को वास्ता गरेन भने, ट्रिट्मेन्ट् सफल हुदैन।"

"रात परिसकेछ। कस्तो याद आयो।"

"कसको?" समी छक्क परी।

"त्यही सधै साथ दिने साथीको"

"हेत्तेरी, मिस पनि। झन् म भुल्न खोज्दैथे आज।"

"तिम्रो साथीको नाम के नि? मलाइ त तकिलाको याद अैरहेछ। कोहि नहुदा हुने साथीलाइ बिर्सन त गार्है हुन्छ होला, है समी?"

"म बियर मन पराउछु। गार्हो त हुन्छ नि तर तपाइले चाही कोशिश गर्नु पर्छ।"

"तिमी नि?"

"म पनि त्यही सोच्दैछु।" समी बल्ल अलिकति हांसी।

"भोलि अर्कै दिन होला नि, केहि त फरक होला।"

"भोलि नभए पनि पर्सि त अबश्य फरक दिन हुन्छ।"

हामी दुबै भोलिको वा पर्सीको नया बिहानीको आशामा थियौ। तर बिहानी अघी यो रात काट्न त्यतिकै मुश्किल छ।

समाप्त!






Read Full Discussion Thread for this article