Posted by: logan April 6, 2024
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Login in to Rate this Post:     0       ?        
कम्पनि खोल्नलाई आर्थिक बिबरण पेश गरे झैँ साझामा खुलाउनु भएको हुदा हजुर भन्दा पहिले पनि यसरी नै आफ्नो आर्थिक बिबरण पेश गर्नु भै पुस्तैनी धनि (कहिँ सोत्तर सोहोर्न जा भन्नु भएको हुँदा कहि बर्मामा बस्तु पालन गरि घ्यु ब्यापार बाट अपार सम्पत्ति बनाएको भान भएको थियो ) हु भनि देखाउनु भएको हुनाले र अमेरिका छिरेर Stake चै खाने तर अमेरिकी जीबन बिताउन नसक्ने बिचरा नेपालिहरु भन्ने लाइ र मलाइ त्रम्प को भानजा बनाउनु भएको हुनाले अदृस्य मानिसको पनि पुस्तैनी चिनाउने महानता लाइ मुरी मुरी धन्यबाद |
भट्टाराई बाको भैसी हराएको दसौ बर्स पछि कहिँ जादै थिए भैसीको बिचमा आफ्नो भैसी चिनेर भैसी धनीलाई आफ्नो कथा सुनाए पछि आफ्नो बथान मा मिसिएको र कसैले कबुल गर्न नआएकोले पाले | भट्टाराई भैसी संगै यसका पाडा पाडी पनि भए होलान भनेको सुन्ना साथ् चार पुस्ता छन् चिनेर लैजानुस भने पछि उनले चोर औलाले यो यो भनि देखाएको र सतप्रतिसत मिलेको थियो र तपाइँ पनि यस्तै गुणले भरिपुर्ण हुनु हुदोरैछ | यस्तो गुणलाई पेशा बनाउनुस त घर बसी बसी कुखुराका साप्रा दैनिक खादै २००K होइन मिलियन नै कमाइ हुन्छ | तपाइले भन्नु भए झैँ ति बुढा बुढि पनि हेर्नु पर्दैन अनि गु - मुहूत पनि सोहोर्नु पर्दैन | NJ मा भारतीय हरु ज्यादैनै छन् र यस्ता कुरामा अतिनै बिस्वास गर्छन , टाढा पनि जानु परेन |

A rich life is about much more than the accumulation of wealth and possessions. It is about discovering the deeper aspects of oneself and cultivating a life based on purpose, fulfillment, authenticity, gratitude, compassion, wisdom and contentment.

If anybody understand it, they will not post or brag their yearly income.

https://www.ig.ca/en/insights/a-rich-life-its-about-more-than-money
Read Full Discussion Thread for this article