Posted by: logan April 3, 2024
ने .रु. कमाएरमा डलर खर्च गर्दा दिन
Login in to Rate this Post:     0       ?        
इज्जत खोज्ने र पाउनेहरु साझा छिर्नु भयो भने पाउनु हुनेछ | बिसेष गरि बिहे बारिको सन्दर्भमा बुढापाकाले खानदानी शब्दलाइ निकै मन पराउछन | आजभोलि घुस खाएर कमाओस वा राजनीतिमा छिरी टक्सार खोलोस पैसा हुने सबै खानदानी भै सके | सामाजिक सिक्षा पढाउँन छोडीए पछि नैतिकता भनेको कुन चराको नाम हो भन्ने हरुको संख्या बढ्दै छ जस्तो लाग्छ | साझा मेम्बर रामभक्तले गरिब लाइ मात्र डिप्रेसनले समात्छ र चोरि चकारी गर्ने हरु पनि यिनै हुन् भन्न पछि परेनन् भने यिनका अनुसार घुस खाने हरु चोरीचकारी गर्नेमा पर्दैनन् | उनि हरु गाउ घर समाजका इज्जतदार नागरिकमा पर्दछन |
पैसाले इज्जत कमाईने बिस्वास गर्ने हरु ६० -७० बर्स अघि जन्मिने हरुका मानसिकता हो भन्ने हरु पनि हुनु हुन्छ भने तपाइँ हरु गलत धारणामा जकडिएर बस्नु भएको ठान्दछु किन भने साझा एउटा वेबसाईट हो र हामि हरु खाता खोलि नेपालि बीच वेब मार्फत केहि जान्ने सुन्ने (इन्फोर्मेशन) र समय बिताउन छिर्छन र एकले अर्कालाई व्यक्तिगत रुपमा चिनिदैन र चिनाउदैनौ | तर वहा हरुको टिका टिप्पणी र खोलिएका धागाले सिंगो मानिस को हो भनेर नचिनाए पनि उनका व्यक्तित्व / मानसिकता कोरिएका शब्द शब्दले जनाई सक्छ खालि चिन्न सक्नु पर्छ | यो साझामा छिरेर यति र उति कमाउछु भन्दै साझामा धनिमानिमा गनाउन Balance Sheet नै छाप्न पछि नपर्ने हरुलाइ के दर्जा दिनु हुन्छ ? आधा गाग्री छाछाल्किन्छा भनेको यहि हो ?
के यो पनि खानदानी संग आबद्द कुरा हो ? लौ कोहि समाज शास्त्र र मनोविज्ञानमा दखल हुने मनानुभाबले केहि कोरिदिनु भए आभारी हुने थियौ |
Read Full Discussion Thread for this article