Posted by: crazy_love March 29, 2024
मन भित्र को पत्रै पत्र!
Login in to Rate this Post:     0       ?        
पार्ट -4

"यहाँ किन? मैले औशधी खायो कि खाएन भनेर बुझ्न आउनु भएको?" समी छक्क परी।

"हैन, मलाई पानी प्यास लाग्यो।" उसँग आँखा जुधाउने हिम्मत गर्न सकिन।

"मेरो पीछा तर गर्नु भएको हैन नि?" समीलाई विश्वाश लागेन।

"समी, म पनि तिमी जस्तै बिरामी भएर भर्ना भएकी हुँँ यो हस्पिटलमा। प्लिज मलाई पानी कहाँ छ देखाइ देउ।"

उ जुरुक्क उठी, अनी टिबी रुमसङै जोडीएको अर्को सानो कोठा रहेछ, त्यहा एकजना स्टाफ पनि रहेछ, उ सँग पानी मागेर ल्याइ।

एक गिलास पानी मैले मैले पिए, शीतल अनुभव भयो।

"अझै पानी पिउने?" समी एक्टक लगाएर मलाई तलदेखी माथिसम्म हेरिरहेकी थी। "डिनर पनि छ, तिम्रो ट्रे मागिदिउ?"

"मलाई भोक छैन। तिमी खाने भए खाउ।"

"मैले खाइसके।" उसको मनमा अनेक प्रश्नहरु थिए शायद। "अर्को कोठामा कोही छैन, जाउ कुरा गर्न सजिलो हुन्छ।"

उसको पछी पछी लागे, एउटा ठुलो कोठा, व्हाइट बोर्ड, मार्कर्स र केही मेचहरु थे। त्यहा कोही बिरामी थिएनन।

एक्छिन एक कुनाको मेचमा बसेपछी हामी दुबै चुप रह्यौ, बाह्री रुपमा तरमा भित्र हामी दुबैको मनमा अनेक कुराहरु थ्यो। समी मलाई सोध्ने प्रयास गर्न खोज्दैथी। म उसलाई सोध्ने हैसियत राख्दिनथे। कता कताबाट मेरो आँखा उसको दाँया हातको नाडीमा बाधेको सेतो ब्यान्डेजमा पुग्यो।

"यो के भयो?" मैले उसको हातमा देखउदै सोधे।

"सानो घाऊ।" छोटो जवाफ सुनेर मलाई विश्वाश लागेन।

"कहिले?"

"त्यही अपोइन्त्मेन्ट्को दिन।"

"मलाई भेटिसकेपछी?" त्यो दिन उसको हातहरुमा घाऊ थिएनन।

"त्यही बेलुकी। म औशधी लिन जाँदै थे। बाटोमा ज्याक भेटे। उ पनि सङै जाने भन्यो।"

"ज्याक?" मैले कहिले नसुनेको नाम थ्यो।

"उ मेरो मिल्ने साथी, सडकमा रहदाको खुशी, उ मलाई मन पराउछ, म उसलाई तर हामीहरुको कुनै आधार छैन। उ मलाई माया गर्दा मेरो स्वअस्तित्वको पनि सम्मान गर्छ। जबर्जस्ती लुछ्ने, बल्जफ्ती गर्ने, हपार्ने गर्दैन। उ मेरो शरीर मात्रै हैन आत्मालाई पनि माया गर्छ। हामीहरुको सम्बन्धमा कुनै शर्त छैन, न त जनम जनमको बाचा। हाम्रो बानी पनि उस्तै, उसलाइ पनि पिउन मन पर्छ। तर पिउदा पनि उ मलाई गाली गर्दैन।"

"तिमी उसलाइ माया गर्छौ?"

"माया भन्ने कि नभन्ने, अब उ सँग भेट होला कि नहोला?"

"के रे? भर्खर त तिमी र ज्याक औशधी लिन सङै गएको भनेको हैन?"

"हो। फार्मेसी पुग्नु अघी पुलिसको कार आएर हाम्रो अगाडि रोकियो। केही बेर हामी दुबै जनालाई सोध्पुछ गरेपछी उनिहरुले ज्याक्लाई समातेर लगे। ज्याकको चोरी र लागु औशध बेचेको पुरानो केसहरु रहेछ। उसले मलाई भनेको त थ्यो तर उ पहिले नै धेरै चोटि जेल जाने आउने गर्थ्यो। त्यसैले मैले त्यो कुरालाई ठुलो मानेको थिइन। ज्याक गयो, मेरो संसार अध्यारो भयो। आफ्नो भने पनि पराइ भने पनि उ नै मेरो एक्जना साथी थ्यो सडकको संसारमा। औशधी किन खाने, के को लागि खानी? म रक्सी किन्न गए, मलाई कसरी यो पीडा पोखु, कसलाई सुनाउ भइरहेको थ्यो। त्यही छटपटीमा मैले मेरो ब्यागबाट चक्कु निकालेर नाडी काटे। तर म मर्नको लागि हैन, म भित्रको उकुसमुकुसलाई शान्त पार्न चाहन्थे। मलाई नाडी काट्दा आनन्दको अनुभव भएको थ्यो। "

"भगवान कसम, मैले आत्महत्या गर्न खोजेको हैन। रगत धेरै बगेर बेहोश भएपछी कतिखेर हो कसले मलाई ER लगेछ, र उनिहरुले मलाई यहाँ पठाइ दिए।"

उसको आँखाभरी आसु थ्यो, जिबनको अलिकती मोह, धेरै पीडा थ्यो।

अब मेरो कथा भन्ने पालो मेरो थ्यो, कसरी भनु उसलाइ म मर्न गएकी थे, हाइवेमा कुनै कार आएर मलाई मार्नु अघि पुलिस आएको थ्यो र म पनि मानसिक अस्पतालमा पुगेकी थे। मर्नु अघी म पनि त रक्सीको मातमा थे।

के म समीलाई मेरो कथा उ जस्तै इमान्दारीपुर्बक भन्न सकुला?

क्रमश:




Read Full Discussion Thread for this article