Posted by: crazy_love March 20, 2024
मन भित्र को पत्रै पत्र!
Login in to Rate this Post:     1       ?         Liked by
भाग-२

"के म तिमीलै ड्रिन्क्स् किन्न सक्छु?" छेउमा कसैले बिस्तरै स्वाशले सोधे जस्तो लाग्यो। मलाइ नशा लागेको हो कि साँच्चै हो मैले दाँया तिर हेरे, एउटा त्यसै अध्बैशे लोग्नेमान्छे मलाइ हेरेर हास्दैथ्यो।

"नो, थ्यान्क्स।" मैले भने।

"मेरो फ्यान्सी कार छ, घुम्न जाने?" फेरि त्यस्ले सोधेको जस्तो लाग्यो। बार टेन्डर ब्यस्त थ्यो, मैले उसलाइ हेरेर फेरि त्यो लोग्नेमान्छेलाइ हेरे। त्यसको आखामा कति धेरै आश् थियो के को हो, शरीरको हो कि मनको। मलाइ घीन लाग्यो, मैले "नो" भनेर टाउको हल्लाए।

"म तिमीलाइ एक रात बिताएको टन्नै पैसा दिन्छु, तिमीलाइ घुमाउन लैजान्छु।गिफ्ट पनि किनि दिन्क्चु। रमाइलो गरौला।" आँखा सन्काउदै भन्दैथ्यो त्यसले।

म बोलीन, सकेसम्म इग्नोर गर्न खोजे।

"एक रात को कति लिन्छौ?" त्यसले मेरो घाँटि नजिक आफ्नो मुख जोड्ला झै सोध्यो।

"शट् द फक् अप्!" मलाइ धेरै रिस् उठ्यो, मैले ठुलो स्वरले गाली गरेको सुनेर त्यो लुसुक्क फेरि आफ्नै सिट्तिर गयो।

सबैको आखा म तिर थ्यो।

"बिच्! त जस्ती बुढीलाइ कसले मन पराउछ?।तेरो यो भद्दा शरीर त सित्तैमा पनि म भोग्न चाहन्न।"म थुक्छु तेरो अनुहारलाइ, बुझिस्?" त्यसको अँहमा ठुलो चोट पर्‍यो शायद।

मलाइ आफै सङ लाज लाग्यो, मैले त्यतिकै नसुनेको झै गर्नु पर्थ्यो। केहि भन्न हुन्थेन।

"तँ यो बारमा कस्लाइ फसाउन आइस्? पैसाको लागि त के के गर्न सक्छस्, कति सम्म गिर्न सक्छस् त्यो मलाइ थाहा छ। तेरो काम नै हामी जस्तो मान्छेलाइ फसाएर पैसा लुट्नु हो, हामीलाइ थहा छैन र?"त्यसको मुखबाट लगातार मेरो लागि अपशब्दहरु बर्सि रहे। शायद त्यसले पनि धेरै पिएको थ्यो।

म चुप चाप टिल्पिल आँसुहरुलाइ बग्न नदिने प्रयासमा सहि रहे। बार टेन्डरले मलाइ हेरि रह्यो अनि सेक्युरिटि बोलाएर त्यो मान्छेलाइ बारबाट निकाल्यो।

त्यस्तो अबस्थामा म पनि घर जानु पर्थ्यो, तर मलाइ जान मन लागेन। मैले अर्को "ड्राइ मार्टिनि" अर्डर गरे।

"यो लास्ट ड्रिन्क आजको लागि। यसपछि तपाइको लागि म उबर बोलाइ दिन्छु।"

"तिमीलाइ पनि म शरीर बेच्ने महिला जसो लाग्छ?" मैले बार टेन्डरलाइ सोधे।

"हजुर, माफि चाहन्छु! मैले त्यस्तो मनसायले भनेको हैन। तपाइ को सुरक्ष्याको लागि मात्रै भनेको हो। मेरो अभिप्राय त्यस्तो हैन।"

"सरी! मैले तिम्रो कुरा बुझेको छु। तिम्रो नाम के रे?"

"मार्क!"

"मार्क, तिमी कुनै केटिलाइ खालि भोगबिलासिताको लागि मात्रै बस्तुको रुपमा उपयोग गर्छौ? त्यही नजरले मात्रै हेर्छौ?"

"सबै लोग्ने मान्छेहरु उस्तै हुदैनन्। सबैले नारीको अपमान गर्दैनन्। एक्-दुइ जनाको कारण सबैलाइ एउटै ट्याग लगाउनु हुदैन।" उसले मेरो मार्टिनीको गिलास हेर्दै भन्यो।

"त्यो मान्छेले एक रातको मुल्य सोध्दैथ्यो मलाइ। के म शरीर बेच्ने आइमाइ जस्तो देखिन्छु?"

"सरी! त्यो मान्छेको ब्यबहारले तपाइलाइ धेरै दुख पुर्यायो। मैले बेलैमा के भएको बुझ्न सकिन। त्यो मान्छे यहा आउने रेगुलर ग्राहक हो। उसले यो अघि कहिले त्यस्तो ब्यबहार देखाएको थिएन। म बाट भुल भयो। माफ गर्नुस्।"

"तिमीलाइ थाहा छ? बिश्वलाइ अहिले के रोगले सताएको छ? हरेक मान्छे के रोगसङ लडिरहेका छन्?" अचानक बिषय परिबर्तन गरेको सुनेर मार्क एक्छिन छक्क पर्‍यो, सोच्यो, फेरि भन्यो।

"म धेरै पढेको छैन। कोभिड् पछि अर्को पनि कुनै रोग फैलिएको छ? मलाइ त थाहा भएन त?"

"तिमी को सङ बस्छौ?"

"म साथिहरुसङ बस्छु तर एक्लै जस्तै छु।"

"एक्ज्याक्ट्ली! हामी अरुसङ बसौ, परिवारसङ बसौ वा साथीसङ बसौ। आखिरमा हामी सबै एक्लै छौ। तिमी एक्लो छौ, म पनि एक्लो छु, र त्यो अघि को "डिक्हेड" पनि एक्लो छ। हामी सबैलाइ एक्लोपनले गाँजेको छ।

" उहाँ त सधै तपाइलाइ लिन आउनुहुन्छ। तपाइ कसरी एक्लो हुनुहुन्छ? आज पनि उबर बोलाउनु परेन।" मार्कले ढोकातिर देखाउदै भन्यो। मैले देखे बर्सौ सङै बिताएको, तर अर्को एक्लो मान्छे।

"उ पनि त एक्लो छ, म जस्तै!"

"जाने होइन, आजलाइ पुगेन?" उसले सोध्यो।

मलाइ उ कहि कतै देखेको जस्तो तर अलिकति चिनेको जस्तो, अलिकति नचिनेको जस्तो को हो? को हो जस्तो लाग्यो र हेरिरहे उसलाइ।


क्रमश:
Read Full Discussion Thread for this article