Posted by: logan March 11, 2024
सबै भन्दा निस्क्रिस्ट डकैति
Login in to Rate this Post:     0       ?        
KTMPOST ज्यु सबै साझा छिर्ने हरु अजेण्डा सहित छिरे पनि छन् भने म एजेन्डा बिहिन छिरे पनि साझाले एजेण्डा सहित तिर लग्दै छ | कपि पेस्ट को बिरोध थोर बहुत गरेको हु तर गरिएका टिका टिप्पणीले केहि फरक नपार्ने देखेर सधै तिनका पछि लागेर बसिदैन भन्दा फरक नपर्ला | सायद यो पहिलो वा दोश्रो पटक तपाइको धागोमा टिप्पणी गर्न पुगेको हु र कारण मैले लेखेको थिए र तपाइको जबाफ पढेर छोटो जबाफ "Thank you , Got it" पनि भनेकै थिए |
"अचम्मको डकैति" बारे कसैले कोर्नु भएको हुदा मैले पनि त्यसै बिषयलाई आफ्नो पाराले अघि सारेको हु | इन्टरनेटको बारेमा मानिसहरु जे जे पढ्छन तिनलाई सहि ठान्दै मानसिक तनाब बोक्ने र मानसिक रोग उब्जाउने हुनाले त्यसलाइ पनि डकैति बिसयमा जोडेको हु |
आफु सहि र अरुलाई गलत होइन आन्फा कुरा राखेको हु र राख्दै आएको छु |अरु जस्तो बिषय बाहिर गइ अपशब्द र छुद्र शब्दको प्रयोग गरि हालेको छुईन तर झीकि कटक गर्न भने पछि परेको छुइन |
ठिकै भन्नु भयो घर बाट काम गर्न सुरु गरे पछि अनि कामको बोझ नहुदा साझा खोलिन्छ तेसैले आज भोलि मेरा कमेन्ट देख्नु भएको हो |
तपाइँ अघि २ ४ जनाले दिएको सल्लाह मनन गर्दै आएको छु,सल्लाह को लागि मुरी मुरी धन्यबाद |

Read Full Discussion Thread for this article