Posted by: ktmpost March 11, 2024
अमेरिकामा श्रीमतिबाट हिजो राति कुटिएका श्रीमानको उद्दार
Login in to Rate this Post:     0       ?        
श्रीमतिबाट हिजो राति कुटिएका श्रीमानको उद्दार गरिदिएको छु। अमेरिका आएको पछिल्लो बर्षबाटै उनि आफ्नै श्रीमतिबाट कुटिदै आएका रहेछन। हिजो मात्रै ८४ बर्षकि आमालाइ ५०० डलर पठाइदिएको निहुँ थियो कुटिनुमा। बच्चाहरु पनि आमाकै साथ र सपोर्टमा। मर्ने वा नेपाल फर्कने बाहेक उनिसङ्ग अर्को गतिलो बिकल्प थिएन। आफ्नै श्रीमानको परिवार आफ्नै परिवार हो भन्ने कहिल्लै नबुझ्ने श्रीमति पनि के श्रीमति? बच्चाहरुलाइ तिनका आफ्नै पिता बिरुद्द उकासिरहने यस्ता श्रीमतिकै कारण धेरै श्रीमानहरु पिडित हुदै आइरहेका छन अमेरिकामा। सोलुसन चाहि के हो त यसखाले घरायसि द्दन्दको? रिअलाइजेसन​, मिलेरै परिवार र जिवन अघि बढाउने नै उत्तम बिकल्प हो। यत्तिमा मात्रै कहा सोलुसन निस्कन्छ र​? सिसा फुटेपछि टेप​, ग्लु लगाएर जोड्नै सकिदैन। यसको अर्को राम्रो बिकल्प भनेको छुट्टिएरै फेरि अर्को जिवन शुरु गर्ने तर मर्ने वा डिप्रेसनमा आफुलाइ लैजाने वा पिस लुज गरि बस्ने कहिल्लै उत्तम बिकल्प हुनै सक्दैन। अबिबेक​, अधमि श्रीमान वा श्रीमतिका कारण बच्चाहरु पनि बर्बाद हुने अबस्थामा छन। उनिहरुको के दोष हुनसक्छ र​? आर्थिक समुन्नतिका लागि, जिवनस्तर गुणस्तरिय बनाउन ७ समुन्द्रपारि आएका नेपालिहरु पारिवारिक दन्द्दमा फसेर जिवन बर्बाद बनाउनेहरु मनग्गे छन अमेरिकामा। बितेका २ महिनामा झन्डै ३ दर्जन पिडितहरु न्याय​, सुझाब र सहयोगका याचना सहित आएका छन। बोल्नै नसक्ने, आफ्नो पिडा भन्नै नसक्ने र पिडा एबम दर्द भित्र भित्रै लुकाएर शिथिल भै बाचिरहेका तमाम पिडितहरुलाइ बाच्न उत्प्रेरित गरिरहेको छु। यसैबाट मिल्छ मलाइ धर्म।


File Photo
Last edited: 11-Mar-24 10:28 AM
Read Full Discussion Thread for this article