Posted by: logan March 5, 2024
ट्याक्स संङ्ग जोडिएका पुराना सम्झना
Login in to Rate this Post:     0       ?        
प्रथम ट्याक्स फाइल गर्न जादा छ सात महिना काम गरेका होलान, साथमा २ बच्चा समेत हुदा बिबिध क्रेडिट पाएको हुनाले ५ -६ हजार रिफ़नड पाउदा जोडी दङ्ग परेका थिए | दोश्रो ट्याक्स फाईल गर्न गए अनि एजेन्ट भनेछ " Congratulation! You made good money and your refund will be less than last year". राजा तेस्ले के भनेको भनि बुढीले बुढासंग सोधनी हुदा मैले धेरै काम गरेर आम्दानि बढेको हुदा पोहोर सालको जत्ति रिफ़नड आउदैन रे |
जबाफ सुने पछि बुढालाई भन्न पुग्छिन " मैले भनेको होइन त, राजा धेरै दुख नगरिबक्स्योस भनेर , देखिस्यो त रिफ़नड पनि कम आयो" | माया भनेको यस्तो हुन्छ |
मेरो चिनजानको मान्छे ले उसको गाउलेलाई ट्याक्स फायल गर्न सहयोग गर्थे | तेश्रो बर्ष हाम्रो आम्दानि एति छ अनि withheld यति छ कति रिफ़नड आउछ भनि सोधेछन | उसले यति जति आउछ भन्दा फलानोको २ बच्चा छ किन हाम्रो ३ जना बच्चा हुदा कम आउने ? कारण बताए पनि धेरै रिफ़नड पाउने ठाउमा गए | तर पाउने रिफ़नड उसले बताएको मा १० - २० डलर मात्रै फरक पर्यो|
ट्याक्स फाइल गर्ने सुल्क : कतिवटा w-2 छन , Dependent कति छन् , earn income credit. child tax Credit आदि इत्यादि जे जे फर्म को प्रयोग हुन्छ तेही अनुसार चार्ज बढ्दै जान्छ | यो हिसाबले अबस्य पनि १०० - १५० जति तिरे होलान | तेती खेर TAX-ACT ले १४ -१५ डलर लिन्थ्यो र माग्दीन भन्थ्यो | भेटि चै कति चडाउनु भयो भन्दा आलाटाला गरे रे | यी कुरा सुने पछि मैले मन मनै सम्झीए " ......... लाई घिउ नपचेको" भनेको यही होला |


Read Full Discussion Thread for this article