Posted by: bandedv2023 February 7, 2024
अरुको राम्रो बानिले आफ्नो मन भत भति पोल्छ ?
Login in to Rate this Post:     0       ?        
छिमेकमा एउटा खैर छन् . UPS को खैरो खैरो अनुहार नपरेको ट्रक हुन्छ थाह छ हजुरलाई ,हाम्रो घर तिरो समान लिएर घुमी राख्ने हो तेही चलौछान्न . चिनेको ५ ७ वर्ष भै सक्यो . भलाद्मी पाराका छन् . धेरै काम गर्छन , खासै देख भेट हुन्न , देखेको बेला आखा जुध्यो भने मुसुक्क हस्छांन अरु परिवार संग चै राम्रै बोल छन् हुन्छ .

UPS को ट्रक चलाउने भन्ने साथ तेइ घण्टाको २० २२ खाने होलान भनेर जनारलाईज़ गरि हाल्यो , के गर्नु नेपाली न परियो ? टिक टक तिर " what you do and how you make ? भन्ने salarytransperency बाट थाहा भयो UPS driver ले त बर्सिक डेड लाख सम्म तलब थप्ने रैछन ?

कुरो को चुरो चै के भन्दा , उनि फुर्सद हुन साथ तपाई हामी हगुल्टेले जस्तो मोबिलमा सुलो जस्तो तसिन्नन न त उलाई साझा खोलेर नाम को पछि बाउ , बराजु , भिनाजु , सुस्ते , दिगम्बर पिताम्बर लेख्नेर बस्ने चाहना छ . अदा ईक घण्टा फुर्सद हुन साथ उनि वाल्क मा निस्की हाल्चन त्यो पनि किताब पढी पढी . उनि किताब पढी पढी फटाफट आद घण्टा जसो वाल्क गरेर समयको सदुपयोग गर्छन . येस्यो गर्दा कसरत पनि भयो पढेर दिमाग पनि तेज भयो .

नेपाली न परियो, मेरो मान्छे लाइ जज गर्ने बानि छदै छ . तर म कुनै मान्छे कतिको रोगि छ भनेर जज गर्छु र एसको गर्ने मेरो एउटा मापन छ . म कुनै मान्छेले कति समय हात मा मोबिल खेलाएको छ , कति समय मोबिल चलाएको छ तेस्को भर मा त्यो मान्छे लाइ जज गर्छु . जति महँगो मोबिल र जति बडी मोबिल हातमा खेलायो यो तेती बढी रोगि ,समस्या ग्रस्त असन्त र दुखि आत्मा , #period . यो मामिलामा म आफुलाई , आफ्नो परिवारका प्रत्यक सदस्य लाइ र चिने जानेको सबै लाइ जज गर्छु . आफु पनि मोबिलको रोगमा एकचोटी चुर्लुम्ब डुबेको र ऐले धेरै हद सम्म सुधर्न्मुख व्यक्ति सम्झंचु .

बिसाएमा फेरी जोदियोउ , मैले त्यो मान्छे लाइ कैले पनि मोबिल खेलाई राखेको देखेको छैन , ४३ -४६ बर्से होला . मलाई अचम्म लग्यो आजकलको जमानामा पनि तेती निरोगी मान्छे हुन्छन र ? अरे बाबा , किताब पढ्ने , मोबिल नचलाउने ? के तेस्ता मान्छे लाइ समाज भादुवा करार गरेर जेल हाल्नु पर्ने हो ?

उसलाई किताब लिएर वाल्कमा हिडेको बेला प्राय म संग हातमा मोबिल र सामाजिक संजाल हुन्छ र मलाई हरेक पल्ट उसले ग्लानी महसुस गरौचा .उसको राम्रो बानिले आफ्नो मन भत भति पोल्छ.

म संग त्यो भन्दा २ गुना फुर्सद छ ,सायद उनि भन्दा राम्रो हैसियद छ . नेपाल गएको बेला एक चिहान, करोडौ कस्तुरी , हरिभक्त कटुवालको यो जिन्दगि खै के जिन्दगि , दिल्ली दरवार र माआवोबदि , अन्तर्मनको यात्रा लिएर आएको छु तर पढ्ने फुर्से पाएको छैन ?
अरुको नामको पछाडी बाजे , बराजु , भिनाजु थप्ने तेस्ला गे , दिगम्बर , पिताम्बर , tps , sexy सरि , इन्देर्पेंदेंत, आनन्द नेपाल आदि पुर्सदेहरु लाइ एस्तो ग्लानि हुदो या नहुदो हो , जिज्ञासा ?
Read Full Discussion Thread for this article