Posted by: Khaobaadi_Netaa February 1, 2024
फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी अमेरीकी Diversity Visa लिन खोज्नेहरू प्रहरी खोरमा
Login in to Rate this Post:     0       ?        

https://annapurnapost.com/story/451266/

काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाका लागि आवेदन दिने 'डिभी होल्डर (डिभी परेकाहरू)'सहित १० जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंस्थित अमेरिकी दूतावासको समन्वयमा १० जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा धनुषाका विवेक उपाध्याय,  मकवानपुरका भगवती उप्रेती, लमजुङका रोना गुरुङ, ललितपुरका संजय महर्जन, चितवनका सुमन ढकाल, सिरहाका सक्षम अर्याल, सर्लाहीका सुरज अधिकारी, दोलखाका अशोक श्रेष्ठ, पर्साका पुरुषोत्तम मल्लिक र सर्लाहीका स्वर्णिम दाहाल रहेका छन्।
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी अमेरिकाको भिसा आवेदन दिने 'डिभी होल्डर'सहित १० जना पक्राउ
२०२३ का लागि डिभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो। भिसा आवेदनका लागि उनीहरूले एसलएलसी र प्लस टूको नक्कली शैक्षिक प्रमणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको छ।
Read Full Discussion Thread for this article