Posted by: digambar February 1, 2024
बाँदरहरू लाई बिदेश तीर धपाउने काममा बिज्ञहरूले भाजो हाले
Login in to Rate this Post:     0       ?        
बाँदर हरुलाई किन बाहिर पठाउने र ? सारा गाउँघर रित्तिने गरि युवायुवती लाइ पो देशमा बस्नै नसक्ने स्थिति बनाएर विदेश पलायन हुन वाध्य पार्ने त ल ।

अनि देशमा बस्न नसकेर विदेश जान्छु भन्ने हरुलाई पनि बन्दुक को कुन्दा ले हिर्काई हिर्काई मार्ने , बालकुमारीमा जस्तो। अनि विदेश पलायन भएकाहरूमध्ये पनि हरेक दिन पन्ध्र बीस जनाको हाराहारीमा आएका लाश काठको बाकसमा विमानस्थलमा भित्र्याउने।

अनि तिनले पठाएको पैसाले नयाँ नयाँ पद सिर्जना गर्दै गाडी, सुविधा, सिक्युरिटी, घर , रकम सब बाँडफाँड गरेर बस्ने, अनि अपराधी हरुल्लाई धमाधम संरक्षण दिने, जेलमुक्त गर्ने , ब्रह्मलूट गर्ने।

ठीक कुरा हो - अब युवा युवती मासेर गाउँ घर खाली भएर बुढाबुढी हरु मात्र बाँकी भएको स्थिति पो हाम्रो गौरवपूर्ण संस्कृति हो त । After all, Buddha was born in Nepal, हाम्रो सगरमाथा, हामी वीर गोर्खाली, हाम्लाई कसले छुने?

युवायुवती पो मास्ने त । बाँदर त नेपालको संस्कृतिसँग पनि सम्बन्धित भएको हुनाले नेपाली संस्कृति मास्नेगरी निकासी गर्ने काम गर्न नहुने नै हो।
Read Full Discussion Thread for this article