Posted by: logan January 10, 2024
धर्म गर्ने दिन को पर्खाइमा डाक्टरसाब
Login in to Rate this Post:     0       ?        
एउटा धागोमा कसैले पिन्ड खाने बेलामा पनि बिदेशको नागरिक बन्न जाने कुरा पढे पछी केही कोर्ने बहाना पाए |

आजभोलि सबै युबा बिदेशिएका छन | १५-२० बर्ष अघी जस्तो समाज छैन , सबै self-centered बनेका छन | बरु बिदेश तिर अगाडि केही भए देखे सहयोग गर्न आउछन, हाम्राहरुका आँखा कान दुबै बन्द भएका हुन्छन | .

यि छिमेकी गाउलेका कुरा हुन भने आफ्नै साख्य छोरा छोरीहरु बिदेश बसेका को ब्यथा अर्कै छ | नेपालमा हुदा कामले सानो र ठुलो को कुरा गर्ने हरु पनि बिदेश छिरे पछी कामले सानो र ठुलो नहुईने हरिया नट थाप्न पाए पछी काम नै ठुलो कुरो भन्ने बुझ्ने हरु धेरै देखियो | एक जना काठमाण्डु विश्वाबिध्यालय्मा पढाउने यता छिरे पछी डा झुन्ड्याए| बाउले इन्जिनियरिङ्ग गर्न लाई भएको आधा भन्दा बढी जग्गा बेचेर पढाए का हुन | अहिले आमा बाउ औषधी किन्नपनी पैसा पठाउदैन भनी गाउमा गुनासो गर्दै हिंड्ने मात्रा होइन ९० पुगेका बाउलाई डिप्रेसन् ले छुएको छ | डाक्टर साब अझ मेरो छोरा छोरीको कुकुरालाई मासिक २००-३०० डलर खर्च हुन्छ भनी सुनाउने मात्र होइन बोटलको पानी पिलाउन नस्क्नेले खान नबोलाउनु भन्ने उर्दी सम्म गर्न पछी नेपरेको कुरा सुन्दा डिग्रिले किताबी ज्ञान र जागिर मात्र दिएछ| आजभोली नेपालमा भागवत गीता पाठ गराएर धर्म कमाउने हरुको ठुलो प्रतिस्पर्धा चलेको हुनाले मैले चिनेका एकजनाले अझै पनि बूकिङ गर्न पाएका छैनन, धर्मै नगरि मारिएला भन्ने डरै डरले मर्लान जस्तो लाग्छ |

मैले सोचे यि डाँक्टर साब को धर्म गर्ने दिन नै आई नपुगेको हो जस्तो लाग्यो | जुन दिन तिनी ( बा ) माथि हजुर बा हजुर आमा कहाँ पुग्छन तेस पछी मात्र उन्को धार्मिक काम सुरु हुनेहोला | १३ दिन अलिनो खाइ धुकुटीमा बसी पन्डितजिले पढेको गरुड पुराण सुनी धार्मिक काम सुरु हुनेछ | सके एउटी बाच्छी पनि पुच्छर समात्दै बैतरणी दान गरेर सिधै स्वर्ग पुर्याउने काम छोराको दाइत्व पुरा गर्न पछी नपर्लान | यिनको छोराको उपनयन को कार्यक्रम ससुरालिले गरी दिदा एक कौडी पनि खर्च ( प्लेन भाडा बाहेक ) गर्नु नपर्दाको आनन्द उन्लाई नै थाहा होला | सुने अनुसार ५-६ कक्षामा हुँदा कपाल काट्न गएको चिन्ड्याएर आएछन रे , किन तेसो गरे भन्दा झा जिले गर्नु भएको हिसाब किताब झै अर्को २ महिना काटनु नपर्ने र बचत को कुरा नै कारण थियो रे | यिनका ससुरालीले सम्धिजिको सन्स्कार को लागि नेपाली हात्तीका बन्डल पठाइ दिने हुन्की? यो बेला नभए पनि बरखिको बेला ससुरालिले उन्कै घरमा एक काज दो पन्त हुने ठान्दै भागवत गीताको पाठ पनि लगाइ दिने होलान , तेस्को धर्म कमाउने चै डाक्टरसाब नै पर्लान ?
कथम कदाचित यो कथा तपाईं सँग मिल्न गए गाली गलौज पूर्ण टिप्पणी नगरिदिनु हुन अनुरोध छ |
Read Full Discussion Thread for this article