Posted by: digambar January 3, 2024
काउली येति सप्रिनुको राज के हो ?
Login in to Rate this Post:     0       ?        

.... हजुरको त लेखाई पनि अति प्रखर र साथसाथै बगैंचा, वागवानी मा पनि हजुरको त्यत्तिकै दक्षता र कौशल रहेछ, अनि हजुरको ईर्ष्या र डाहा ले ती चाण्डाल हरुको पेटमा शूल किन नहोस् त ? मात्सर्य भाव ले आकुल व्याकुल हुँदा हुन् ती ।

यस्ता ईर्ष्यालुहरुसंग क्रोध गर्नुभन्दा यिनलाई हजुरका लेखहरू हजुरको आफ्नै स्वरमा वाचन सुन्दै हजुरको पुष्पशाक (काउली) को तरकारीको स्वाद लिन आफ्नै घरमा आमन्त्रण गर्नुहोस। हजुरका उत्कुष्ट लेख र काउली दुवैको रसस्वादन गरेपछि जस्ता ईर्ष्यालु चाण्डालहरुको पनि  प्रभावित हुने छन्, यसमा कुनै शंका छैन। अझ तिनलाई प्रस्थान गर्ने बखतमा एक झोला काउलीको कोसेली पनि दिएर पठाउनुस्, जस्तासुकै वैगुनीपनि आँखाबाट पश्चातापको आँसु निकाल्दै हजुरप्रति कृतकृत्य हुँदै प्रस्थान गर्नेछन।

न मे द्वेष रागौ न मे लोभ मोहौ मदो नैव मे नैव मात्सर्य भाव:।
न धर्मो न चार्थो न कामो ना मोक्ष: चिदानन्द रूप: शिवोऽहम् शिवोऽहम्॥



Last edited: 03-Jan-24 09:53 PM
Read Full Discussion Thread for this article