Posted by: bandedv2023 December 18, 2023
आज बाट तिहारको सेल सकियो
Login in to Rate this Post:     1       ?         Liked by
तेइ त , खावोबदी नेताले ठिक भन्नु भयो , यहाँका कतिपय बरिस्ठे हरुको कुरो संग मेरो कुरो सिङ्क्रनैज नै हुन हुने गरेको छैन . सायद म मै ५० वर्ष पहिलेको दुनियामा बाची राखेको छु होला . परापूर्व काल देखि सेललाइ दिर्घ कालिन खाजाको रुपमा हेरिएको छ. प्रिथिवी नाराया सहले लडाईमा जादा खाजाको रुपमा सेल लाने गरेको इथिहस सायद नेपाली साहित्य पढ्नु भएय्को भए थाहा नै होला . लडाईमा जादा महिनौ सम्म मैदानमा खटिनु परेन हुदा सेल , भुटेको मकै लाइ खाजाको रुपमा प्रयोग गरिन्थ्यो . जर्सी गइको सुद्ध घ्युमा पकको सेल बर्सौ सम्म ताजा रहने गर्छ .

ऐले त जिप लगमा राखेर दिप फ्रिजमा राख्दा २ वर्ष सम्म सेल खाएको मेरो आफ्नै अनुभ छ . पहिला पहिला नेपलामा फ्रिज नहादा मेरी हजुर आमाले कार्तिकमा पकाएको सेल एक खाद्कुला खाल्डो खनेर बारीमा गाड्ने र मति बाट स्याउला झ्यिसमिसले राम्ररी छोपेर चैते दसैँ सम्म चिया संग आगेनामा सेकाएर खाएको याद छ .

हजुरआमा रहनु भएन तर ऐले सम्म आमाले सरगम ( गंते मुला), गुन्द्रुक , आलु लगाएतका तरकारी खाल्डो खनेर राख्नु हुन्छ . खाल्डो खनेर सामना राख्दा फ्रिजको काम गर्ने रैछ तर फ्रिज भन्दा एकदम ताजा . यता कुरा सुन्दा लाउके , हल्लुदेहरुलाई अझै अचममा लाग्ला ?
Read Full Discussion Thread for this article