Posted by: Smriti-malla December 11, 2023
श्यामश्वेत जीवन
Login in to Rate this Post:     0       ?        
बाहिर रंगहरुको उत्सव छ, उमंग छ,
तर जीवन त यता,
श्यामश्वेत चलिरहेछ ।

रङ्गमञ्चमा प्रस्तुत भइरहेको रङ्गहीन
नाटकको दृश्य जस्तै।
हुन त मलाई जिन्दगी हर रङ्ग,
हर स्वाद‌मा स्वीकार्य छ।
तर मलाई यदि रोज्न लगाइयो भने म श्यामश्वेत नै रोज्ने छु।
किनकी रङ्गहरुमा त विभेद जो छ,
रातोले हरियोलाई हेप्छ,
हरियोले पहेलोलाई।
तर श्यामश्वेत सधैँ समान,
सधै एउटै, निरन्तर……
श्यामश्वेत र मेरो जीवनको परिभाषा पनि एउटै छ।
आकाश र जुन जस्तै,
एकबिना अर्को अपुरो।
ठ्याक्कै तिमी र म जस्तै ,
समबन्ध पनि हाम्रो यस्तै नै रहिरहोस,
आकाश र जुन जस्तै
बिना अर्थ बिना नाम।
यो धर्ती र आकाश जस्तो नबनोस्,
एक भएजस्तो भ्रम छर्न पनि क्षितिजहरुको साहारा लिनुपर्ने।
Read Full Discussion Thread for this article