Posted by: machschnell November 20, 2023
तिहारको सम्झना ( ढ्यान्कुरु, ढ्यान्कुरु )
Login in to Rate this Post:     0       ?        
हजुरको लेखाइको लागि हजुरको अभिवादन गर्न पाउँदा हर्षित र गौरवान्वित छु। नेपाली मा मात्र हैन संस्कृतमा समेत हजुरको "विकराल ज्ञान" रैछ अनि पो हजुरको ईर्ष्या ले आकुल व्याकुल भएका रैछन् त यहाँका कतिपय अबुझ शठ हरु।

"केटि साथीहरुको म्येसज त कति कति . वहाहरुको हौसलाले अझै राम्रो लेखौ लेखौ हुन्छा" भन्नुभो, अझ यो सुनेर त अब हजुरको डाह गर्नेहरुलाई त कति जलन हुँदो हो। यदि हजुरको लेखाइ पढेर हजुर प्रति आकर्षित र आशक्त भएर हजुरको सामिप्य पाउन आतुर female fans हरुको कुनै रमाइलो प्रसङ्ग छ भने हामी संग share गरिदिनु होला।

कोही कोही त लेख्ने दुई पैसाको कला नभए पनि आफूले लेखेको लाई आफैलाई बढाइँ गर्ने, कसैले तपाईँ भनोस् नभनोस् आफै मपाईं हुने र एउटा मानसिक भ्रम पालेर दुनियाँ ले आफ्नो खिल्ली उडाएको स्थितिबारे पूर्ण रूपमा अनभिज्ञ रहने खालका पनि छन् यो साझा मा। हजुरको लेखाइको रिस र डाह गर्नेहरु त्यो category मा पर्छन् होला । त्यस्तो माहौलमा हजुर जस्ता सभ्य, शालीन र नम्र व्यक्तित्वको ठूलो खाँचो छ। धेरै ले साझा लाई एउटा साधारण discussion बोर्ड मात्र सम्झिन्छन् तर यो साझा हजुर जस्ता अब्बल लेखकहरूको कलमबाट उब्जेका masterpiece हरुको रसस्वादन गर्ने चौतारी पनि हो।
Read Full Discussion Thread for this article