Posted by: machschnell November 17, 2023
तिहारको सम्झना ( ढ्यान्कुरु, ढ्यान्कुरु )
Login in to Rate this Post:     1       ?         Liked by
हजुरले "दसैँको मेरो खसी बिसेस सबैले मन पारिदिनु भएकोमा धन्यवाद . लौ मेरो तिहार अनुभब पनि सुनाई दिनु पर्यो भनेर धेरैले अनुरोध गर्नु भयो". भनेर लेख्नुभयो.
हजुरलाई पक्कै "personal message PM" बाट यी "likes" र "request for more" पठाएका हुनुपर्छ हजुरका असंख्य fans हरुले .

हजुरको यो अदभुत लेखाइका पारखीहरु शायद pm बाट नै वा मौन रुपमा नै हजुरको वाहवाही गर्दा होलान्। आखिरमा अकबरी सुनलाई कसी किन चाहिन्थ्यो? यति "likes" भनेर बाहिर देखिए पनि वा आएका responses हरु पनि अलि बढी नै टिकाटिप्पणीयुक्त देखिए पनि भित्र भित्रै हजुरको लेखाइको रसास्वादन गरेर मन्त्रमुग्ध भएर मनैदेखि हजुरको fans हुनेको शायद गणना गरेर साध्यै हुँदैन होला।

अब यो तिहार विशेषको हजुरको यो masterpiece त अझ व्याकरणीय शुद्धता , भाव, निखारिएको वाक्य संरचना आदि इत्यादि ले लबालब छछल्किरहेको छ। हजुरलाई यो तिहारको लेखको लागि त झन् अनगिन्ती silent fans हरुका private message हरु प्राप्त भए होलान्।

यसो बाहिरबाट सरसरती हेर्दा हजुरको यो तिहार लेखको विगत ५ दिनमा आएका ३ वटा responses हरुमध्ये तीनै वटा हजुरका आफ्नै responses हरु रहेछन्। अब यो देखेर कोही अबुझ शठ हरुले त "बबुरोको लेख कसैले पढेनछन् जस्तो छ ,त्यसैले धमाधम आफै response गर्दै छ" भन्लान्, तर ती अबुझहरुले के जानुन् कि साझामा यहाँ हजुरको एउटा cult झैं following छ, र हजुरको सुनौलो कलमका ती पारखीहरुले बाहिर आएर हजुरको गुणगान गर्नु आवश्यक ठान्दैनन् भन्ने कुरा।

आशा छ, आउँदा दिनहरुमा पनि हामी साझाका पाठकहरूले नियमित रुपमा हजुरका यी व्याकरणीय शुद्धता, वैचारिक उदात्तता र प्रखर आख्यान विधाले ओतप्रोत लेखाईहरुको रसास्वादन गर्न पाउनेछौँ ।


Read Full Discussion Thread for this article