Posted by: bandedv2023 November 12, 2023
तिहारको सम्झना ( ढ्यान्कुरु, ढ्यान्कुरु )
Login in to Rate this Post:     0       ?        
दसैँको मेरो खसी बिसेस सबैले मन पारिदिनु भएकोमा धन्यवाद . लौ मेरो तिहार अनुभब पनि सुनाई दिनु पर्यो भनेर धेरैले अनुरोध गर्नु भयो . तर तेस्रो कोर्न लायक तिहारको खासै सम्झना म संग छैन . मेरो तिहार पनि आम सर्ब साधारणको जसरि नै बिते , येधापी मलाई दसैँ भन्दा तिहार नै मन पर्चा ( दसैँ को खासै बाहेक ) .

मेरो तिहार आम सर्बसाधारणको भन्दा अलि फरक चै यो कारणले भएको हो . मेरो पुरानो घर ओचु हाइट ( इमाडोल ) हो . आहिलेको किरण केसी ( राता मकै चोक ) भन्दा १ डेड किलोमिटर छ ओचु . त्यो बेला ओचु , इमाडोल ओरिपरि ईटा भट्ट नै ईटा भट्ट हुने गर्थ्यो . लुगा धुयेरा घाममा सुकायो भने शाझ सम्ममा लुगा ईटा भट्टको धुलोले डढेर निश्चल बसेतको अनुहार जस्तो हुन्थो .

ईटा भट्टमा काम गर्ने श्रमिक युपी , बिहार तिरका दिहारी मजदुर हुन्थे . दिहारी भनेको सिजनमा काम गर्ने अनि बिहार फर्किने फेरी अर्को साल आउने . सायद बिहारी बाट अपभ्रम्स भएर दिहारी मजदुर भएको होला .

यी दिहारी मजदुर तिहार आउन लगभग १० दिन आघि गाउँ पस्थे अनि देउसी खेल्न थाल्थे . ठ्याक्कै ऐलेको तीज जस्तो एक महिना आघि देखि गान बजना. यिनीहरुको देउसी खेल्न ताल नेपाली भन्दा अलि फरक थियो . एउटा मास्टर हुन्थ्यो तेस्ले सनाइँ जस्तो बाजाले " ए भन भन भाइ हो " बजौत्यो अनि ४ ५ जना खैजादी , छिन छिने , ड्रमको ताल मा धेउसुरे धेउसुरे गाउथे . यिनीहरुको भ्यत्तई एकदम धेरै अस्सुद्दा हुन्थो लाथ्यो यिनिहारु लाइ धेउसुरे को अर्थ भनेको गोबिन्दे गाइ हो ?

कैले काही हाम्री आमा खलकले यिनीहरु लाइ गाली गर्नु हुन्थ्यो तर २ ४ रुपिया दाम नदिय सम्म घर बाट जादै नजाने . कान फुट्ने गरि ढ्यान्कुरु, ढ्यान्कुरु बाजा बजाएर हैरान पर्थे .

ग्वार्कु खोला काटे पछि ओचु , इमाडोल , बोझो पोखरी हुदै लुभु लामाटार देखि दक्छिन सेतीपाखा खरिबोट ( हाल little अन्ग्लेस) , हरिसिद्धि सम्म ईटा भट्टको फ्याकत्री मात्रै भेटिन्थ्यो , जात हेर्यो धोति लाएका दिहारी मजदुरको छाप्रो हुन्थ्यो . ऐले त्यो काँठमा अपर्त्मेंट , होउसिङ्ग देखि खेइ के के हो के के .

कहाँ गए ति हरिया फाट , कहाँ गए ति ईटा भट्ट , कहाँ गए ति दिहारी मजदुर . धन्न हरिसिद्धि ईटा तथा टायल कारखाना ऐले सम्म सानो कुजो भएर पनि इतिहास धनि राखेको छ . त्यो समय उक्त कारखाना येति बिसाल थियो कि , समान ढुवानी गर्न कारखाना भित्र रेल चल्थ्यो
Read Full Discussion Thread for this article