Posted by: MikeVickQB#7 November 10, 2023
NRN card pros and cons?
Login in to Rate this Post:     0       ?        
Saathi haru, I found this on one of the NRNA’s Facebook क्यानाडा
Q &A With Advocate:

1. What is the significance of NRN Card since now we have a provision to get NRN Citizenship?

गैरआवासीय नेपाली परिचयपत्रको महत्व गैरआवासीय नेपाली नागरिकताको कानूनी व्यवस्था भए पश्चात् पनि कायम रहनेछ । गैरआवासीय नेपाली विदेशी नागरिकलाई मात्र नभई विदेशमा बस्ने नेपाली नागरिकतलाई समेत जनाउँछ । त्यसका अलवा गैरआवासीय नेपाली संघले गैरआवासीय नेपालीको परिधि भित्र गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति, नेपाली मूलको विदेशी नागरिक, विदेशमा बस्ने नेपाली नागरिक, नेपाली उत्पत्तिको व्यक्ति र २ वर्ष भन्दा बढी अध्ययन भिसामा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा रहेका रहेका नेपाली विद्यार्थीलाई समेत समेट्नका लागि प्रयासरत रहेको हुँदा गैरआवासीय नेपाली नागरिकता प्राप्त व्यक्ति र विदेशमा बस्ने नेपाली नागरिक बाहेक अन्य गैर आवासीय नेपालीको हक हीत संरक्षका लागि पनि गैरआवासीय नेपाली परिचयपत्रको आवश्यकता रहि रहने अवस्था छ।



2. Do you have to go Nepal to get NRN Citizenship or you can also apply for that from Nepalese Embassy aboard?

नेपाल नागरिकता नियमावली, २०६३ को नियम ८क. ले गैरआवासीय नेपाली नागरिकताका लागि गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र लिन चाहने व्यक्तिले आफूले नेपाली नागरिकता हुँदा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त भएको जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष वा आफू नागरिक रहेको मुलुक स्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली दूतावास वा महावाणिज्यदूतावास समेतमा दिन सक्ने कानूनी व्यवस्था रहेको हुँदा गैरआवासीय नेपाली नागरिकताका लागि आवेदन आफू नागरिक रहेको मुलुकस्थित वा त्यस्तो मुलुक समेत हेर्ने कार्यक्षेत्र तोकिएको नेपाली दूतावास वा महावाणिज्यदूतावास गही गर्न सकिन्छ । तथापी गैरआवासीय नेपाली प्रमाणपत्रको ढाँचामा प्रमाणपत्र लिने व्यक्तिको दस्तखत र औंठाछापको व्यवस्था रहेको हुँदा लिन भने नेपालनै आउनु पर्ने देखिन्छ।



3. What will happen to the existing Bank account in Nepal that was opened using previously taken Nepalese citizenship card before or after you got Canadian Citizenship?

गैरआवासीय नेपाली नागरिकता प्रमाणपत्रको ढाँचामा आफ्नो/बाबु/आमा/बाजे/बज्जैको नेपाली नागरिकताको नागरिकता प्रमाणपत्रको नम्वर समेत राख्ने व्यवस्था गरिएको हुँदा नेपाली बैंकमा खोलिएको बैंक खाताले निरन्तरता प्राप्त गर्ने आधार सम्म देखिएको छ तर कानूनले प्रष्ट नबोलि सकेको हुँदा यो हक सम्म नेपाल राष्ट्र बैंकले कुनै कानूनी व्यवस्था गरी वा नगरी सार्वजनिक सूचना वा परिपत्रबाट प्रष्टता गरे पश्चात् मा यकिन हुनेछ।



4. What will happen to the ancestral property that was transferred to your name using previously taken Nepalese citizenship card before or after you got Canadian Citizenship?

Ø पैत्रिक सम्पत्ति हस्तान्तरण नभएको भए गैरआवासीय नेपाली नागरिकताबाट हस्तान्तरण र नामसारी नभएको पैत्रिक सम्पत्ति सम्बन्धित हकवालाको नाममा हस्तान्तरण वा नामसारी हुन सक्छ।

Ø पैत्रिक सम्पत्ति नेपाली नागरिकता कायम रहँदै कसैको नेपाली नागरिकताको प्रमाणपत्र नम्वर कायम गरी नामसारी भै सकेको तर सो सम्पत्ति जस्ताको त्यस्तै राखी विदेशी मुलुकको नागरिकता प्राप्त भएको खण्ड त्यस्तो सम्पत्ति हालको कानूनी व्यवस्थाले उक्त सम्पत्ति निजको नहुने देखिन्छ । तथापि यस सम्बन्धमा नेपाल सरकारले कुनै कानूनी व्यवस्था गर्न सक्छ होला भन्ने अनुमान मात्र गर्न सकिन्छ।

Ø विदेशी मुलुकको नागरिकता प्राप्त भए पश्चात् नेपालमा सम्पत्ति खरिद परराष्ट्र मन्त्रालयको स्वीकृत प्राप्त गरी गैरआवासीय परिचयपत्र प्राप्त गरेका व्यक्तिले मात्र गर्न सक्ने भएको हुँदा त्यसरी खरिद भएको सम्पत्तिको कानूनी स्वामित्वमा कुनै पनि फरक पर्दैन।

Ø विदेशी मुलुकको नागरिकता प्राप्त गरे पश्चात् पनि नेपाली नागरिकताको प्रमाणपत्र प्रयोग गरी कुनै पनि सम्पत्ति खरिद गरेको भएमा त्यस्तो अवस्थामा सम्पत्ति मात्र नभई स्वतः कायम नभएको नेपाली नागरिकता प्रमाणपत्र दुरुपयोगको अभियोग लाग्न सक्छ।



5. What will happen to the property or stock purchase or business investment you made using previously taken Nepalese citizenship card before or after you got Canadian Citizenship?

सम्पत्ति जग्गा मात्र नभई शेयर पनि भएको हुँदा प्रश्न नं. ४ अनुसारनै हुनेछ । तथापि गैरआवासीय नेपाली परिचयपत्र प्राप्त व्यक्तिलाई जग्गा खरिद गर्न परराष्ट्र मन्त्रालयको स्वीकृति लिनु पर्ने भएता पनि शेयर खरिद गर्दा त्यस्तो कुनै स्वीकृतिको व्यवस्था रहेको छैन।

(Source: Tejendra Giri, Advocate)
Read Full Discussion Thread for this article