Posted by: Bennedict November 6, 2023
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Login in to Rate this Post:     0       ?        
ब्यान्डईडीभिज्यु,

केही कुरा खुलस्त पारौ होला।
# तपाईं त नेपालमै भएको, नेपालमै रमाएको छु भन्नु हुन्थ्यो त, फेरी अहिले नेपाल एक्लै गएर आईएको कुरा गर्नुभएको छ। भन्नुभएको र गर्नुभएको कुरा त मिलेन नि?
# ३५ किलो को खसी एक्लै खाईयो भनेको त कुरा सुन्दै अजीब लाग्छ। यस्तो पनि हुन्छ र? मासु पकाउने मान्छे होलान, घरमा आफु बाहेक साथी-भाइ नातेदार होलान, उनिहरुले चै के खाए त? गुन्द्रुक त मस्यौरा? सबै खसी आँफै खाए भनेको त सुहाएन हो।
# मासुको विभिन्न परिकार खाए भनेको त ठिकै होला, अनी अझ आउने बेला खुट्टी प्याक गरेर अमेरिका ल्याए रे? के हो यस्तो? मासु जस्तो कुरा यसरी सजिलै पोर्ट अफ इन्ट्रीमा पास हुने भए त मान्छेहरु के के ल्याउथे होलान हैन र? अचार, गुन्द्रुक, चिउरा र सबै भन्दा ठुलो "मासुको अचार" सम्म नेपालबाट ल्याएको चै थाहा छ तर खसिको खुट्टी रे? हैट्ट!
# अन्तमा भन्नुपर्दा तपाईंका यी सबै यावत कुरा बकुम्फुसे गफ्फा मात्र लाग्यो हो। तार-तम्य नमिलेको कुरा गरेची अब हेर्नुस् तपाईंले ट्रोल्लिङ त मज्जाले पाईनै रहनुभको छ।
Read Full Discussion Thread for this article