Posted by: Bennedict October 31, 2023
ओच्छ्यान मुत्ने समस्या ( confession )
Login in to Rate this Post:     0       ?        
आजकल संस्कृतमा कनी कनी लेखे, "रजतपट अंकल" नै होइन्छ भन्ने चलन चलेको हो या के ज्वरो लागेको हो, साझामा संस्कृतका श्लोक भक्कुमार देखा पर्न थालेका छन। आज यसो ब्यान्डईडीभीज्युले लेख्नु भएको संस्कृत चेक गरेको ट्रान्सलेट अन्लाइनमा राखेर, केही मेसो पाईन मैले त। मैले नबुझेको हो या यो रियल संस्कृत हो, के हो, उनैले जानुन।

"लालायेत पंच बर्साणि
बलायेते दश्म्बर्शाणि
सदानन्द प्रत्प्ति सोडसे बर्साणि
पुत्रम अम्ग्ष्म मलामी"

"लालायेत" शब्द हेरेको, त्यस्तो शब्द नै भेटेन, बरु लालायते चै भेटियो, खै के हो? 


तेस्तै "बर्षाणि" भनेको पनि के होला त्यस्तो? त्यस्तो शब्द नै छैन जस्तो छ।

"बलायेते" भन्ने चै अली अली मिलेको जस्तो छ। खै के हो?

"दश्म्बर्शाणि" भन्ने त शब्द नै छैन जस्तो छ।
अरु शब्द पनि खोजे, तर खासै भेटिएन, अझ "मलामी" भन्ने त संस्कृत हो र? मलामी त नेपाली शब्द होला हैन र? 
अनी यी दुई शब्द कसैले उच्चारण गर्नु सक्नुभए भन्नुहोला। 
"प्रत्प्ति"  
"अम्ग्ष्म" 
पढ्ने कसरी हो? के हो यस्तो?  
अब रियल संस्कृत लेखेको हो कि यत्तिक्कै मान्छेहरुलाई उल्लु बनाएको हो, लेख्नेलाई थाहा होला। यस्तैमा केही महिना अघी एउटा निउज पढेको याद आयो। प्रेसिडेन्टको स्पीचलाई सबैले बुझोस् भनेर साइन ल्याङुवेज चलाऊने एउटा ट्रान्स्लेटर राखेको हुन्छ तर त्यो ट्रान्स्लेटरले रियलमा साइन ल्याङ्वेज नदेखाएर जे पायो तेही जिब्बरिश टिभीमा देखाएपछी ठुलै कन्ट्रोवेर्सी भएको थियो, कसरी त्यो मान्छे हायर भयो, कसरी प्रेसिडेन्टको बेइज्जती गर्ने काम भयो भनेर ठुलै इन्भेस्टिगेशन भएको याद आउछ। अब यहाँ साझाहुदो लेखिएका यी संस्कृतका श्लोकहरुको रियलिटी मापन गर्ने को होला त?
को को "फेँकु" हो? को होइनन?, थाहा त पाउनुपर्‍यो नि। 

Last edited: 31-Oct-23 02:38 PM
Read Full Discussion Thread for this article