Posted by: Bennedict October 27, 2023
कता जादै छ नेपाली समाज ??
Login in to Rate this Post:     0       ?        
अण्डी महाशय,
जदौं हो। हजुर त गायब हुनुभएछ नि। तपाईंको "साथिको माइजुसित" भन्ने अश्लील र तथाकथित सेक्सी कथा नपढ्ने यहाँ साझामा को होला र? मान्छे जती सुकै राम-चरित्रकै भए पनि यौन, र यौनका अजब अजब करतबयुक्त कथा, या वास्तविकताका ताना-बाना त पढ्छन, पढ्छन। बुझ्नुपर्ने कुरा के छ भने हामी धेरै जसो सेक्सुअल्ली फ्रस्ट्रेटेड नै छौ होला। अनी त तपाईंले क्रिएट गर्नुभएको फ्यान्टासी युक्त सँसारमा भुलेर आफुले पाउन नसकेका यौनका तिर्सनाहरु मेट्न लालयित हुन्छन होला।
साझाका पाठक, तेस्ता स्टोरी पढ्ने जमात सित मैले गुनासो गरेर केही हुने वाला छैन। देखाउनेले देखाए पछी नहेर्ने को होला र हैन? कि त हुनुपर्‍यो बाल-ब्रम्हचार्यको कसम खाएको साधु। तर कथा मात्र भनेर लेखे केही थिएन, मेरो समस्या तपाईं जस्तो "नटवरलाल" हरुको पर्दाफाश गर्नु मात्र हो, जो मान्छे घरमा सेक्सको लागि आफ्नो बुढीको खुट्टा मल्दै बस्छ तर साझामा चै मार्केट जाँदा एउटिलाई, क्लब जाँदा अर्किलाई, पार्टी जाँदा तेस्रिलाई गरेर मल्टिपल केटीसँग सुतेको भनेर "हुनै नसक्ने" कुरा सुनाएर मक्ख पर्छ, हो तेस्तालाई नि जमिनको धुलो चटाउनु हो।

छ जवाफ?
Read Full Discussion Thread for this article