Posted by: Bennedict October 26, 2023
कता जादै छ नेपाली समाज ??
Login in to Rate this Post:     0       ?        
अब के अरु मरे, मारिए भनेर बाँचेकाहरुले बाँच्न नै छोड्ने त? कस्तो कुरा हो यो? अब हल्का रमाइलोको कुरा गरौ न, अब बजारमा कन्डम शर्टेज भयो भनेर मान्छेहरु सेक्स गर्न नै बन्द गर्लान त? लोल। बरु गर्भ नरहने टाइम, बिधी अपनाउलान तर सेक्स नै नगरि बस्लान त? तपाईंको कुरा पनि।
अब यो टिका टालो, दारु, तास त चली नै राख्लान। अब आफ्नै परिवार या नजिकको कोही घाइते, मृत भए चै सबै कार्यक्रम रोकिन सक्छ। मान्छे सधैं नै स्वार्थी नै रही आएको छ। मान्छे मात्र नभएर अरु किटपतङ पनि तेस्तै हुन्छन। म सानो हुँदा घरमा कुखुराहरु पालेको हुन्थ्यो अनी एक दिन मैले देखे, एउटा पोथी झोक्राएकी छे। अब घरमा चिन्ता भयो, ला अब मर्छे, बिमार भो भन्दै। तेसै दिन देखे, एउटा उन्मत्त भाले त्यो बिमार पोथीको माथि चढेर जबर्जस्ती थुङ्दै मच्ची रहेको थियो। अब बिचरा पोथी कुखुरा छट्पटाउदै कराइ रहेकी थीई। अब त्यो खारिएको भालेलाई के मतलब, पोथी बिमार छे कि छैन। उस्लाई सेक्स गर्नु छ भने त न सन्चो, न बिमार। हामी मान्छे पनि तेस्तै हुन्छौ। सो अब त्यहा मेइनमा मान्छे मर्यो भनेर हामी सबै शोक मनाइ बस्छौ होला त? अब यस्तो गरेनौ भनेर नेपाली समाज कता जादै छ भन्नु चै तर्कसंगत नहोला कि।

अमेरिकामा तपाईंले भनेको जस्तै किम कर्दाशिएनको ब्रा खोलेको भए नि कुनै हङामा चै हुन्न थियो होला है। सेक्स भिडियोमा देखाउनु जती सबै देखाइ सकेकीको अब हेर्न बाँकी नै के होला? अमेरिका भएका नेपाली, गैर नेपाली सबैलाई यो कुरा राम्रै थाहा छ हो।
मास शुट्टिङ भयो, अब चिन्ता त छ तर हामी एअज अ कमन पर्सन के गर्न सक्छौ त? कती जना सँग त बन्दुक पनि छैन न लाइसेन्स नै। अब आफु तेस्तै काकातालिमा पर्‍यो भने त भबितब्य भएर मरिएला, अब मरेका त छैनौ नि, सो दसैंमा त रमाइलो भईहाल्छ।

आफु पनि सन्स्कृत त पढियो ७-८ क्लाससम्म भनेर मैले भनी आएको छु, तर यस्तो लामा लामा सन्स्कृतका श्लोक भन्ने चै गर्दिन। तर तपाईंलाई कहिले सुस्ते, पागल भनेर चै भनेको छुइन है। बरु तपाईंले लेखेको सन्स्कृतका श्लोकको अर्थ भन्नुस् भनेर चै सोध्छु।

ल अब तपाईंले लेखेको यो लास्ट पोस्ट्मा सन्स्कृतका यी श्लोकले के भनेका हुन, खुलस्त पार्नुस् त कृपया।

"-ऋणम कृत्वा घ्रितम पिबेत याबत जिबेत शुखिम जिबेत , भास्मी भुतस्य पुनरागतो कुतम !"

Read Full Discussion Thread for this article