Posted by: bandedv2023 October 26, 2023
ओच्छ्यान मुत्ने समस्या ( confession )
Login in to Rate this Post:     0       ?        
मैले यहाँ माथि अस्ति लेखेको थिए " उता अम्रिकामा छोरीको स्कुलमा अप्रिय घटनाको खबर आउलाकि भन्ने एक किसिमको डर सदैब लागि रहन्छ . उनीहरुलाइ एक्लै छोडेर म कसरि यहाँ आउन सके भन्ने डर लागि रहनछ. "

आज बिहान सेतोपाटिमा एस्तो खबर आयो "अमेरिकाको ल्युस्टन सहरमा अज्ञात बन्दुकधारीद्वारा आक्रमण, १६ जनाको मृत्यु, ५० घाइते " मुटुले ठाउँ छोडी हाल्यो . हग्दा हग्दैको आची टक्क अड्कियो अन चाक नै नापुछी बाहिर निस्कियोए र समाचार खोजन थाले TV मा . आफु बस्ने ह्युस्टनमा गोलि चलेको छ ल्युस्टन सहरमा . सुरुमा त मलाई ल्युस्टन सहर छ भन्ने पनि थाहा थिएन , सेतोपति झुक्किएर ह्युस्टन को सत्ता ल्युस्टन सहर लेख्यो भन्ने लग्यो , चाकमा गु थियो निधारमा चिर चिर पसिना औन सुरु भै सकको थियो .
बल्ल बल्ल गोल बारी भएको ठाउँ ल्युस्टन नभई इस्टकोस्टको लिविसटावन रहेछ . इन्दिर्येले बल्ल काम गर्न थाल्यो र आफ्नो आची आफैलाई बल्ल गनाउन थाल्यो अनि बल्ल थाहा पाए , आची नपुची बैठक कोठामा टिभी हेर्न आएछु अनि फेरी आची गर्न पाईखान गएँ . ४ ५ दिन देखि बुदो बाख्रा खादा खादा पेट कट्टी भएर उर्लिएको आची कता हरायो कता जति कन्दा पनि आएन . आनाहकमा मारिएका ति निर्दोष व्यक्ति सम्झिएर ज्यादै दुख लग्यो , पाइखाना बाट छोरीलाइ हत्त न पट्ट फोन गरे , छोरि घरमा सुरक्छित थिई , उसलाई यो खबर थाहा नै रैन रैछ .

एक जनाको सनकले कयोउ जुन्दगी बर्बाद भयो , कयोउ सपना बर्बाद भयो , यो कस्तो नियिती . दसैँनै खल्लो भयो .

मृत आत्मा प्रति सर्दंजली . सन्तानलाइ अम्रिका बाट जति सक्दो बाहिर निकालौ भन्ने एउटा बिद्रोहले फेरी मनमा धावा बोल्यो आज
Read Full Discussion Thread for this article