Posted by: Bennedict October 24, 2023
Login in to Rate this Post:
0
?
कठै बरा नी,
कती बिधी समस्या नै समस्याको पोको लिएर बाचिरहनुभएको रहेछ। विश्वाश त पुरै लागेन तर पनि यस्तो समस्या भएको मान्छे पनि हुन सक्छन, मनोबैज्ञानीक समस्या हुन सक्छ। एकचोटि साइकियाट्रीस्टसँग संपर्क गर्ने पो हो कि? नेपालमा हुनुहुन्छ भने त समाधानको बाटो खोज्न गाहारो नहोला, बरु अमेरिका भए चै ईन्स्युरेन्स आदी आदी ले मान्छेहरु रोग पाली बस्छन, के भन्नु अब? कि त हुनुपर्यो बर्षको ओभर १००K कमाउने या त सबै सरकारको आशमा बसेको आफ्नो आम्दनी केही छैन भन्नुपर्यो। के भन्ने सिस्टम त गाहारै छ नि हो।
अनी लास्टको सन्स्कृतका लाइनहरुले के भनेका हुन? प्रस्ट पार्ने हो कि? आजकल त के भन्ने सन्स्कृतको श्लोक हालेर बोले, लेखे आफु धेरै सिक्षित छु भन्ने चलन चलेको छ। बेला बेला "रजतपत अंकल"को फिल्मी कार्यक्रम हेर्छौ घरमा अनी उहाका लामा लामा सन्स्कृतको श्लोक सुनेर अल्मल्ल पर्छम।