Posted by: bandedv2023 October 22, 2023
ओच्छ्यान मुत्ने समस्या ( confession )
Login in to Rate this Post:     0       ?        
२०७२ सालको भुइचालोले घर थिल थिल बनाएको छ . घर कस्तो छ भन्दा बस्न लाइ खतरा छैन कहिँ कतै अली अलि चर्किएको छ तर तेस्तै ठुलो भुइचालो गयो भने थिचेर सबैलाई मर्छ भन्ने मनोबैज्ञानिक त्राश सधै छ . धापाखेलमा ८ आनामा बनेको जाम्म जम्मी ४ रोपनी चर्चेको भिमकाए घर छ . त्यो घर भत्काउन मात्र २० लाखको इस्टिमेट छ अनि साढे २ तलाको बनौन १ करोड बिस लाख को इस्टिमेट छ.

७२ साल मा टिनको कटेरो बनाएर घर संगै बसी राखेका छौ . म घर त ऋण काढेर पनि बनौठे तर काका संग अन्ग्षा बंडा भएको छैन . काका बेक्कमे गाउ डुलेर खाने खाल को छ तेसैले घर बनाउने सर खर्च मेरो काधमा आउच.

घर बनाउने मेरो एउटा सर्त छ . ५.५ हेक्टर भन्दा माथिको भुइचालो गएको १ वर्ष पछि मात्र घर बनाउने . २०७२ साल देखि वर्षमा एक चोटी ५.५ हेक्टर माथिको भुइचालो गएको नै छ भगवानको कृपाले . नेपालमा गत वर्ष डिसेम्बरमा ५.६ हेक्टरको भुइचालो गए देखि ५ हेक्टर भन्दा माथिको परकम्पा गएको छैन . मनमा अनगिन्ति कुरा खेली रहन्छ , हिजो साझा एसको सोचेको अह्हो अब दुइ महिनामा भुइचालो गएन भने त सर्त अनुसार घर बनाउनु पर्चा तेत्रो १ डेड करोड कहाँ बाट ल्याउने , हे प्रभु रक्च्य्या गर भनेर तनाबले एक छोलन दिएर सिरोकले पुछेर सुते .

भगवानले सुन्नु भएछ आज अस्तमी सानो पाठो खुइलौद खुइलौदै भुइचालोले बुरुक्क उचाल्ल्यो . आफु अम्रिकाको इस्ट कोस्टमा बस्ने भएर भुइचालो कस्तो हुन्छ तेस्को अनुभब खासै छैन . तर उचाल्न चै दरो उचाल्यो ३ ४ सेकेन्ड मात्र , ४५ सालको भुइचालोको याद आयो .

हत्त न पट्ट कति हेक्टरको भुइचालो गयो भनेर online समाचार हेरे . फेरी आज दसैँ , अरु बेला बाख्राले पाथी पाएको ब्रेअकिङ्ग news बनाउने पत्रकार मुर्दार सबै बिदामा रैछन . एक घण्टा पछि सेतो पातीले बल्ल बल्ल समाचार निकाल्यो , धादिङ्ग केन्द्र बिन्दु बनाएर ६.१ हेक्टरको भुकम्प , धादिंगमा व्यापक छेती , घर बनाउने दयित्तो कम्तिमा १ वर्ष धकिल्यो , मन ले सान्ति पायो . अनि लागे साहिलीको भट्टीमा ३ पाने लिन , दशैं पो होत

-ऋणम कृत्वा घ्रितम पिबेत याबत जिबेत शुखिम जिबेत , भास्मी भुतस्य पुनरागतो कुतम !
Read Full Discussion Thread for this article