Posted by: bandedv2023 October 21, 2023
ओच्छ्यान मुत्ने समस्या ( confession )
Login in to Rate this Post:     0       ?        
बडो हिम्मत जुटाएर आज म भनि राखेको छु मेरो ओच्छ्यान मुत्ने समस्या छ . मलाई जन्दिगीमा हेरक कुरा देखि एकदम डर लाग्छ र धेरै डर लग्यो भने म ओछ्यान मुत्चु . फोनमा कसै संग कुरा गर्नु पर्यो भने भित्र बाट डर लाग्छ, कुनै आफन्तीको मा केहि अन्तरलमा जानु पर्यो भने भित्र बाट डर लाग्छ . डेड वर्ष पछि नेपाल आको दशैंमा धेरै आफन्तीकोमा टिका लाउनु जाने पर्ने छ , तिनीहरुकोमा जान नपरे जुन्थ्यो जस्तो ऐले देखि लाग्न थालेको छ .
दशैँ पछि अंश बंडाको लागि सरकारी कर्येलाये जानु पर्ने छ , त्यो सम्झेर ऐले देखि मन बेचैन छ , एक्लै कसरि जाने भन्ने डर ऐले देखि लागेको छ. अंश सम्बन्धि बिबाधमा म सुतेको बेला कसैले आक्रमण गर्ला कि भन्ने डर लागि राखेको छ, पैसाको अलि समस्या छ , आफुले सापटी दिएको मान्छे संग कसरि माग्ने भन्ने डर लागेको छ . जाबो ३० ४० हजार पनि भिकारी जस्तो मग्न आउने भनेर गाली गर्छ कि भन्ने डर लागि राखेको छ .

साथी भाईले अम्रिकामा के काम गर्छस भनेर सोद्छांन कि भन्ने डरले साथी भाई भाई संग भेट डर लगेको छ . नेपालमा हुदा पहिले काम गर्ने कम्पनिमा भेट घाट गर्न आठ आइ राखेको छैन .

सधै तरकारी किन्ने छिमेकी दिदिले हिजो मैले तरकारी अन्तै बाट किनेको देख्नु भयो आज फेरी वहाको पसलमा जान डर लागि राखेको छ . वहाको पसल तिरको बाटो हिड्न डर लागि राखेको छ .बाटोमा हिर्दा कुनै ट्यापेले मोटर साइकल ल्येर थोकला भन्ने डर लागि रहन्छ .

उता अम्रिकामा छोरीको स्कुलमा अप्रिय घटनाको खबर आउलाकि भन्ने एक किसिमको डर सदैब लागि रहन्छ . उनीहरुलाइ एक्लै छोडेर म कसरि यहाँ आउन सके भन्ने डर लागि रहनछ.

मलाई यो मन्दीमा जग्गा बेच्नु छैन तर म जग्गा बेच्दिन भन्ने आट छैन . ओछ्यानमा पिसाब लाग्ने समस्याको बारे डाक्टर संग अपोइन्टमेन्ट लिन डर लागि राखेको छ . येत्रो भएर पनि म ओछ्यान मुत्चु भनेर कसरि डाक्टर लाइ भनौ भन्ने डर लागि राखेको छ . उता अम्रिकामा काममा अझै १ हप्ता बढी छुटी लिनु पर्ने भने . म्यनाजेर संग आफ्नै छुटी मग्न डर लागि राखेको छ .

नेपाल आएर त झन् येति धेरै समस्या र डर थपियो कि हरेक दिन नराम्रो सपना देक्चु अनि ओछ्यान मुत्चु . सगोलमा बस्ने हुनाले ओछ्यान मुतेको अरुले थाहा पाउचन कि भन्ने डरले आजकल राती पराए सुत्दिन .
कति धेरै डर नै डर . हिजो हुलास चक्की आटा किनेर ल्येएको , पिठो बिग्रेको रहेछ भित्र किरै किरा , त्यो पिठो लगेर साट्न सकिन डरले . बरु अर्कै पसल गएर नया पिठो किनेर ल्याए . आफुले आफुलाई एकदम आसफल र बेकामे महसुस गरेको छु हरपल . लेखाई मा दम छैन पहिलेको जस्तो , बोलि हरु लार्बरौना थालेका छन् , साथी भाई संग ३६ को आकडा छ , यो संग बोल्यो उही संग झगडा पर्छ . औलामा गन्न सकिने साथी पनि छैनन् . कहिले कहिँ त सोच्छु म मरे भने मलामी पनि १ २ जना बाहेक कोहि नऔलन . लेख्दा लेख्दा के के लेखे अत्तो पत्तो छैन . सुद्दा सुद्दी गर्ने जागर मरेको २ ३ बर्स भाई सक्यो .

सपना देख्छु अनि सपनामै पिसाब लाग्छ अनि सपना मै उठेर चर्पी जान्छु , चर्पी फोहर हुन्छ सुसू औदैना , बल्ल बल्ल सुसू औचा तर चिसो भएर सपना बाट झस्किन्छु उठ्दा सुरुवाल मुतेको हुन्छु .

येही समस्याले गर्न कहिँ कसैको घरमा सुत्न सके सम्म जान्न . कथाम कदाचित जाने परे छोरीको डाइपर लगाएर सुत्छु . येति पोस्ट साझामा गरौ कि नगरौ भेयेरा पोस्ट गरेको छैन . पोस्ट गरे पछि २ ४ जना आएर घरमै कुट्छन कि जस्तो डर लाग्छ . जसो तसो हिम्मत जुटाएर पोस्ट गरे भने पनि कस्तो प्रत्रिकिया आयो भनेर हेर्न डर लाग्छ . नकारात्मक कमेन्ट पढ्ने हिम्मत नै औदैना . पोस्ट गरे पछि १ २ दिन साझा खोलेर हेर्दिन डरले . तपाईहरुको कमेन्ट को उत्तर दिन नसक्नु पनि येही कारण हो डर . डरको कारण तपाइको कतिपय कमेन्ट नै पर्दिन , मलाई माफ गर्नु होला
Read Full Discussion Thread for this article