Posted by: Bennedict October 21, 2023
जग्गाको भाउ डामाडोल भएछ
Login in to Rate this Post:     0       ?        
एहोटू ज्यु,
तपाईंको कुरा सार्है घत लाग्यो। मैले त्यो ९७% जो हरेक दिन जिबन पाल्न दु:ख, संघर्ष गर्छन्, उनिहरुको बारेमा सोचिन छु। हजुर म आँफै मध्यम-बर्गिय परिवारबाट आएको मैले यहाँ भन्दै आएको छु। तपाईंले भनेको कुरा सुन्दा त मलाई झन अचम्मै लाग्यो। यहाँ भन्नुभयो कि रेस्टुरेन्टमा १५-२० जना किचेन र फ्रन्टमा दिनको १२ घण्टा अनी कम बिदा लिएर २०,००० रुपियामा काम गर्छन भनेर। तपाईंले महिनाको २०,००० रुपैयाँ भन्नुभएको हो भने त म झन अचम्मैमा परेको छु। यस्तो किन भने मेरा चिने-जानेका कजनहरु त २०,००० रुपैयाँ खर्चन दुई दिन भन्दैनन होला। मैले थाहा भएकोमा एक जना चिन्ने मान्छेलाई ५०,००० रुपैयाँ महिना दिनको खर्च भनेर पठाएकोमा त १० दिनमा खत्तम पार्नुभएछ हो। आफ्नो पैसा हैन भनेर हो कि के हो मान्छेहरुमा पैसाको त माया नै देखिन हो। या मैले पैसाको घटेको भाउ नबुझेको हो। १५-१६ बर्ष अघी त ५०,००० रुपैयाँ भनेको ठुलै रकम मानिन्थ्यो, खैर।
तर मेरो चिनजानका यी मान्छेहरु ती तपाईंले भन्नुभएको ९७% भित्र चै पर्दैनन। अब घरको रेन्ट, खाना खर्च तिर्न नपर्ने ग्रुपको म कुरा गर्दैछु। अनी पैसा खर्चन त के को आईतबार भन्नु नि अब। म आँफै रेन्ट र खानाको आँफै तिर्नु नपर्ने परिवारबाट नै आए तर पनि यसरी पैसा खर्च गर्ने सँस्कार चै ममा कहिले भएन नै भन्दा हुन्छ। जती बेला नेपाल छाडे, त्यो बेला यस्तो बाहिर खाने, क्लब डिस्को धाउने कल्चर आईसकेको थिएन, बनिदै थिए तर मान्छेहरु यत्तिका आधुनिक भईसकेका चै थिएनन भन्दा हुन्छ। पैसा भयो भने त नेपाल बिशेषत काठमान्डौ त फरेन कन्ट्रिज भन्दा रमाइलो भनेर भन्छन अहिले मेरा कजनहरु अब किन भनेर त सबैलाई थाहा नै छ अहिलेको टाइममा। एक से एक नेपाली धनी (वा बाहिरबाट धनी) मैले लास्ट भिजिटमा देखे भन्दा मैले तपाईंले भने जस्तै ९७% लाई स्किप गरेर ३% लाई मात्र फोकस गरे जस्तो लाग्यो। माफ पाउ होला।
Read Full Discussion Thread for this article