Posted by: bandedv2023 October 20, 2023
धापाखेल जग्गाको भाउ ,
Login in to Rate this Post:     0       ?        
०६० ६१ सालमा धापाखेलमा जग्गाको भाउ २ ३ लाख प्रति रोपनी थियो , तेतीखेर अम्रिका आउन १२ -१५ लाख लाग्थ्यो . मैले अम्रिका आउनकै खातिर बाउ संग रॊइ कराई लडी बुडी खेलेर २ रोपनी जग्गा बेचेको याद छ . कालान्तरमा त्यहाँ gems स्कुल, सुमेरु अस्पताल , ठुला ठुला अपार्टमेन्ट लगायत कयोउ संरचना बने र ७७ सालसम्म आइ पुग्दा जग्गा आनाको ५० लाख सम्म पुग्यो .

ऐले फेरी जमाना फेरिएको छ . सगोलमा रहेको ७ रोपनी जग्गा बेचेर अन्ग्सा बंडा गरौ भन्दा आनाको ११ लाख दिने कोहि औदैना . २०७७ सालमा ३५ लाख आना नदिएको जग्गा ऐले ११ १२ को भाउले कसरि दिने ? ऐले ४ आना जग्गा किनेरे दसैँमा २ ४ ओटा खसी ढलौ , केटा केटि लाइ चि चि पापा खुवाऊ भन्दा बिक्रि हुदैन ?

बैंकले जग्गामा ऋण दिन छोड्यो , भुइचालोले थालिएको पुरानो घर भत्काएर नया घर खडा गर्नु पर्ने छ . साढे २ तल्ल घरको इस्टिमेट १ करोड माथि छ ( जग्गा बाहेक ) . काकाको छोरो विदेश जना लाइ पैसा छाहियो अन्सा बंडा गरौ भनेर भनेको एक वर्ष भै सक्यो , मन्दी सकिन आसमा काका लाइ एक वर्ष देखि झुल को झुलाई छु अब त र्यख र्याकति परि सके.

के काठमाडौँमा जग्गा को बबल फुतेकी हो ?
Read Full Discussion Thread for this article