Posted by: Bennedict September 1, 2023
काम को बिबेध किन ?
Login in to Rate this Post:     0       ?        
यो सब पढि बस्दा मलाई मेरो स्कुले जिबन याद आयो। अली अग्ला अग्ला कद काटी भएकाहरुले होचो, अली फुच्छे साथीहरुलाई दिएको यातना, बुल्लिङ सबै याद भयो। "जो होचो उस्को मुख्मै घोचो" भन्थे नि त्यो बेला। नाम पनि कस्ता कस्ता राख्थे के भन्नु, "बाम" रे, "फ्रेश" रे, "गोफ्लु" रे, "काग" रे, "बुद्दिमान गंगटो" रे।

अनी यहाँ पढ्नुस्, "सुस्ते" , "लाटो" , "लाठ्यब्रो" , "फुसीखौवा", "केहि नभएको सुकुल्गुन्दा" , "१९९५ क्यम्री"। राम राम, के हो यस्तो? स्कुल सकिएको यत्रो बर्ष भयो, मान्छेहरु कोही चै अझै एक अर्कालाई यस्तो भन्दै या नाम राख्दै बस्छन?
यो त अती भएन र?
एउटा घटना याद आयो, यस्तै छ क्लासमा थिए होला, एउटा बुल्ली केटाले अर्को आफुभन्दा हाइटले सानो केटालाई यती सार्हो बुल्ली गरेछ कि, बिचरा अब थाहा छैन के भयो उस्लाई, उस्ले त चेल्पार्क मसीको सिङै बोटल पिईदिएछ। अनी फेन्ट, स्कुलमा त खैला बैला मच्चियो। तेसपछी पहिलो पटक होला मैले ह्यारेस्मेन्ट भनेको के भनेर बुझेको। पुरै क्लासलाई नै मेन्टल ह्यारेस्मेन्टको काउन्सिलिङ गर्न लगाइयो। अहिले त थाहा छैन कता गए होलान यी साथीहरु।
Read Full Discussion Thread for this article