Posted by: Bennedict August 18, 2023
Login in to Rate this Post:
1
?
Liked by
हरे शिव,
मलाई त ओरिजिनल पोस्ट लेख्नेले लेखेको बुझ्न पनि दोहोर्याइ तेहेर्याइ पढ्न पर्यो, झन तेस पछीको उत्तर पढ्न त गाहरै भो पो। लेख्नेले कस्लाई भनेका हुन, बुझ्न पनि गाह्रो, पढ्न पनि गार्हो, के हो यस्तो? यती धेरै ब्यङ गरी गरी किन लेख्ने होलान मान्छेहरु? जे हो सिधै भने भैहाल्यो नि। यस्तो पढेर त मलाई एउटै बिचार आयो, अझै पनि नेपालीहरु यस्तो लवजमा कुरा गर्छन् र? "मेरा बाजेले घ्यु पिएका थिए, लौ मेरा हात सुंघ" यो उखान त मलाई मेरो ९-१० क्लासमा हुँदा नेपाली महेन्द्र माला पढाउने टिचरले भनेको याद आउछ अनी "आई कटक नगर्नु, झिकी कटक गर्नु" यो त सात क्लासमा सामाजिक शिक्षामा पृथ्वी नारायण शाहको दिब्य उपदेशमा पढेको याद छ। अहिले त महेन्द्र माला पनि हट्यो, राजतन्त्र पनि गर्यो, पछीका जेनेरेशनलाई तपाईंले यस्ता उखान, उक्ती युज गरे भने कुन शताब्दिका आय्क्सेन्ट हो यो भन्छन होला हो। तर के भन्नु अब, भर्खरको सरुक ताम्राकारको स्क्यान्डलमा दोलालघाटको मसान घाट्मा गएर मसान ब्युताउने रे बोका काट्ने काम आजका मोडर्न भनाउन्दा हिरोनीहरुले पनि गरेको रे भन्दा सुन्दा चै हामी जे जस्तो भए पनि, जता गए पनि, जे गरे पनी, जती नै पैसा कमाए पनि, बेला बेला चै पुरातन सोच, शैली, लवज चै निकाल्छौ जस्तो लाग्यो मलाई त।
एक अर्का माथि कती खनिएका हुन यी माथिका मान्छेहरु? वान अन वान भेटे त एक अर्काको बङारा सप्पै झार्ने पो थिए कि? खाली शब्दले मात्र थ्रेट दिन्छन जो पनि। यो मेरो केसमा पनि लागु हुन्छ किनभने रिस उठाको मान्छेलाई चै म पनि तथानाम सुनाउछु तर कसैको ब्रेनसित सम्बन्धित या, लुगा, कार या लाइफस्ट्याइललाई कमेन्ट चै गर्दिन होला। खैर, के भन्ने अब?