Posted by: logan August 16, 2023
[New post] Why Would Krishna Have To Run From The Battlefield
Login in to Rate this Post:     0       ?        
धर्म र भगवान बीच खस कुनै सम्बन्ध छैन | यो सम्बन्ध जोड्ने काम हाम्रा २ हजार बर्स अघि संस्क्र्तित जाने हरुले जबर्जस्ती जोडेका हुन | हामि सनातन धर्माबली हौ र कुलको पुजा हरेक ४ बर्स पछि गरिन्छ |
बेद भगवान दिएका हुन् भनि सरासर झुट कुरा हामिलाइ सुनाउछन र हामि अन्ध भक्त बनेका छौ |
शुद्र बिष्णु का खुट्टा बाट निसकेका तेसैले सारा लाइ सेवा गर्नु पर्ने रे , बिष्णु बिना खुट्टाको हिड्न सक्छन , हामि बिना खुट्टा के हुन्थ्यो होला तर कुरालाई बंग्याएर आफ्ना कुरा लाइ माथि पारे | त्यो २ -३ हजार बर्स अघि कसैले बिपक्षमा सोधी हाले तुरुन्तै संक्रीतमा फलाकि दिए पुग्यो |
कुनै बेला भागबत गीता पछि ब्राम्हण भोज जो आकास मुनि लाम लागेर खादै के थिए एउटा कुकुर तिनीहरु बिचोबिच कुद्यो | सबै जुठो हात लिएर जुरुक्क उठे | एउटाले ठुलो आवाज मा यो श्लोक फलाके पछि सबै तक्र्याक टुक्रुक बसी खान थाले |
श्लोक : कालो कुत्तिम महा उत्तिम खैरो कुत्तिम तथैबचम |

मेरा एक मित्र संचय कोष मा काम गर्थे र तिनलाई भेट्न गएको बेला यो माहौल देख्नु र सुन्नु पर्यो | टोकन विभाजन गर्दा १ देखि २००० दशौ विभागमा बाडिएको हुन्छ | जुन बिभाग ले चाडो काम सकी नगद साखा मा पठाउछ तेसैले चाडो पाउने कुरा कुनै सरकारी कार्यालयका उपसचिव ले मेरो यति नम्बर आएन भनि सोद्धा यो यो कारणले ढिलो चाडो हुन्छ र हामि नगद साखाले केहि गर्न सक्दैन भने पछि थप २ ४ ओटा कुरा हुदै थिए उनले अंग्रेजीमा भने " I am senior than you" बाट बोल्न थाले | एकछिन सुनी सके पछि एक जना जुरुक्क उठी उल्से पनि अन्ग्रेजिमै त तेरो कार्यालयमा सिनियर होलास तर मेरो अफिसमा तिम्रो सिनियारिता र अंग्रेजी सम्बाद काम लाग्दैन | यति सुने पछि चुप लागेर बाहिर निक्लिए |

यस्तै नीति २००० बर्स देखि चल्दै आए , अबत संकृत जान्ने होइन राम्ररि शुद्द पढ्ने सक्ने मानिसहरु पनि पातलिदै जादै छ |
हिजो आज म " धर्मो रक्षति रक्षत: " कुरा लाइ लिएर निकै घोत्लिन थालेको छु | सरल भाषामा धर्मले धरमको रक्ष्या गर्छ | धर्मको रक्षार्थ धर्म गर्नु पर्ने कुरा अकाट्य भयो |
अब कुरा आयो धर्म भनेको के हो नबुझदा कसरि धर्मको रक्षा हुन्छ त ?
धर्म को व्याख्या कसरि गर्ने ? के गर्दा धर्म हुन्छ र नास्तिक अधर्मी हुन् भनेका छन् किन र कसरि ? यी यावत कुरा हरु नबुझ्दा धर्मको नाम मा हामि अधर्मी काम गर्दै छौ |
Last edited: 16-Aug-23 10:07 AM
Read Full Discussion Thread for this article