Posted by: edv2023 August 3, 2023
QA training
Login in to Rate this Post:     0       ?        
कन्सलट्यानसिले तालिम दिदैन खाली प्लेसमेन्ट मात्र गर्ने हो . आफैले २ ४ महिना फंडामेन्टल नसिकी सिधै कन्सलट्यानसिमा गयो भने तिरीमिरि झ्याई देखिन्छ . ६ ७ महिना बेञ्चमा बसिन्छ , काम पाईदैन अनि IT देखि बिरक्त लागेर अरु पढ्न थालिन्छ , तेता नि सफल हुइदैन २ ४ वर्ष तेतै बर्बाद हुन्छ . पेन्डुलम जस्तो एता राम्रो कि उता राम्रो भन्दै हल्लिदै समय बर्बाद हुन्छ . ५ ७ वर्ष पछि फर्केर हेर्दा , थुक्क तेती बेला राम्रो संग IT मा लागेको भए ऐले जिन्दगी एस्तो झंडूराम हुन्थेन भन्ने ग्लानी सधैभ रही रहन्छ . जिन्दगिमा केहि गर्न नसकेर सुस्ते भएको अनुभूति हुन्छ .

कन्सलट्यानसि जानु आघि के तयारी गर्ने त ?

QA चै Sql ह्याभी काम हो . कम्तिमा ३ हप्ता राम्रो संग sql पढ्नै पर्छ .

https://www.youtube.com/watch?v=7S_tz1z_5bA

तेस्पछि आउछ Javascrpt . Javaskript त IT को संजीवनी नै हो . एस्लाई कम्तिमा १ महिना लगाएर कन्सेप्ट बुझ्नु जरुरि छ . नेपालीमा सिक्ने हो भने भुर्तेल फुच्चे संग सिक्दा हुन्छ .

https://www.youtube.com/@thebhurtel

तेस्पछि आउछ automation , automation सिक्न selenium जान्नु पर्छ , selenium लाइ जावास्क्रिप्ट . २ महिना लाएर येत्ति बुझे पछि ग्रीन कार्ड छ भने ७५ हजारको काम पक्का . f1 visa हो भने चै अलि समय लाग्छ .

पढ्ने कोर्सहरु सबै फ्री छ . सुलेखाबाट पैसा तिरेर पढ्नु चै ठगिमा पर्नु हो . सुरुको २ ४ महिना गार्हो हो , त्यो समय गार्हो भयो भनेर डज गरेर अन्त भौतारिनु हुन्न .
Read Full Discussion Thread for this article