Posted by: Bennedict July 17, 2023
Login in to Rate this Post:
0
?
मोहनी मन्त्र, कालो जादु, मध्य रातमा मसान-घाट पूजा, बुटी लगाउने रे .... यो सबै के हो?? हामी अझै पनि यस्तो काम गर्छौ र गराउछौ र? जमाना त धेरै चेन्ज भईसक्यो नि हैन र? सेक्सको मामलामा, ओपन रिलेशनको मामलामा, लिभ्-इन को बारेमा चै अमेरिकन, युरोपियनलाई नै जित्न खोज्ने हामी नेपाली अनी अझै बशिकरन, मोहनी, बुटी, तन्त्र-मन्त्रको कुरा गर्ने?
यि तथाकथित सेलेब्रिटीको इन्टरभ्यु हेर्नुस्, कुरा गर्दा त सबै नेपाली पाखे, उहाहरु चै सबैभन्दा सभ्य, मोडर्न, प्रोग्रेस्सिभ भाका कुरा गर्छन् हो अनी आफुले गरेको काम चै के हो नि? मध्य रातमा मसान घाट गएर बोका पर्साउने, बोकाको मासु खाने रे, मन्त्रित बुटी लगाउने रे। म त हामी कुन शताब्दीमा छौ जस्तो पो भयो हो। पुराना पुराना अमरिश पुरीको हिन्दी फिल्म हेरेको जस्तो पो भयो। युट्युबमा छन यस्ता बशीकरन गर्ने, मोहनी लगाउन सक्ने मान्छेहरुको स्क्याम जस्ता देखिने च्यानलहरु, तर आफु त हेरिन्न हो, यहाँ त यस्ता ठुला ब्यक्तिवहरु (नम्रता, धमला आदी) को नाम आउँदैछ। के भन्ने के?