Posted by: Bennedict June 30, 2023
पेट गुडगुड इन नेपाल
Login in to Rate this Post:     0       ?        
मेरो १५ बर्ष पछीको नेपाल भ्रमणमा चै म एकदम डराएको थिए, तर खासै तेस्तो उग्र केही भएन। तेस्रो दिन चै थला नै परे, पखाला, उल्टी ज्वरो सबै भयो, तेसपछी चै केही भएन, शायद पेट युज्ड टु भयो होला, १५ बर्ष अघी तेहिको धुलो मुलो हावा पानी त खाएकै हो। तर बाहिर गएर पानी -पुरी, मिठाइ जस्तो कुरा चै खाईएन।
हाइ एन्ड रेस्टुरेन्ट भनेर त्यस्तो त खास गईएन। दुइटा बर्गर, या यस्तै दरबारमार्गको कुनै ठाउमा गए, अरु खाना खाए पनि, पानी चै खाईएन। भट्टी जाने, लोकल, ठर्रा खाने जस्तो काम त म गर्दिन हो। अब तपाईं आँफै बिचार गर्नुस् म किन सेफ भए होला भनेर।
Read Full Discussion Thread for this article