Posted by: Bennedict June 20, 2023
नजाने गाउँको बाटो...retroactive jealousy
Login in to Rate this Post:     0       ?        
आईमाईको शरीर चै केटाहरुको भन्दा छिट्टै चेन्ज देखिन्छ, हो। केटाहरु चै कती अनुहारमा चाउरीपन बिस्तारै देखिएपनी, कपाल झर्न थाले पनि, जाँड, रक्सी, चुरोटको कुलतमा फसेको छैन, वेट कन्ट्रोल गर्ने गरेको छ भने शरीरमा त्यस्तो सार्हो परिवर्तन चै देखा पर्दैन। अब कुरा गर्नुस् न, ४० बर्षको लोग्ने मान्छे र ४० बर्षको श्वासनी मान्छे हेर्नुस्। केटाहरु चै ४० पुग्दा सम्म नि दे क्यान लुक फिट अयन्ड फाइन तर ४० बर्षको आईमाई हेर्नुस्, बिहे भको या नभको, दे लुक रियल्ली एजेड। ४० बर्षको केटाले धेरै पल्ट बिहे गर्न खोज्दा दे गो फर अन्डर ३० नै होला। अब यस्मा बच्चा पाउन सक्ने आदी कारणहरु पनि रहन सक्छ। अस्ती एउटा रियलिटी शोमा त भन्दै थियो, आईमाइको चै डेट हुन्छ रे, बजारको दुध जस्तो, दे क्यान गो आउट अफ डेट रियल्ली क्विकली। आई होप केटीहरु चै यो पढेर अफ्फेन्ड नहुनु होला। यो मेरो भनाइ चै हैन है।

केटीहरु होला कुनै कुनै सेक्सलाई एउटा जरिया जस्तो बनाएर केटाबाट 6K को रिङ्ग, 25Kको वेड्डिङ, 50Kको गाडीको माग गर्छन् होला शायद। होर्नी केटाहरु के खोजिरको हुन्छ, र तेस्को लागि मैले के माग गर्नुपर्छ भनेर पनि थाहा नै होला। कोही चै सेक्स-सेक्स मात्र भन्ने पनि होलान, यस्तैहरुलाई चै कुटिल बोकाहरुले आफ्नो जालमा पार्छन अनी शरीरको भोक मेटेपछी छोडिदिन्छन पनी होला। अब मैले नाम किटेर भन्दा नम्रता श्रेष्ठले जे गरिन त्यो उनको सेक्स प्रती आशक्ती नै थियो। विवाहित पुरुषको कुरामा आएर सेक्समा सामेल हुँदा के भयो सबैलाई थाहा नै छ। यहाँ मैले नम्रता भन्दा कती जनालाई नराम्रो लाग्छ, आई नो (एड्भान्स सरी फोर ड्याट)। नेपालमा पनि यहाँ अमेरिकामा पनि नम्रताको काण्डलाई नर्मल तरिकाले लिएको पाए। नेपालमा कस्तो भने दुइ-तीन जना सँग कुरा गरेको, उनिहरु त पुरै सपोर्ट नम्रतालाई। मैले सपोर्ट गर्नु नराम्रो हो भनेको छुइन, खाली जे काम-काण्ड भयो, त्यो नराम्रो हो मात्र भनेको। उनिहरु त के भन्छन, सो व्हाट रे, आफुलाई जो सँग मन लाग्छ सेक्स गर्न पाउन पर्छ रे पो, अनी किन भिडियो खिच्नु परेको त भन्दा त भन्छन, आफ्नै सेक्स हेर्न मन लाग्यो होला नि त रे। हो यस्तै यस्तै इन्टर्याक्सन भयो नेपालमा मेरो लास्ट भिजिटमा, तेही भर मैले भनेको बिहे अघिको सेक्स सम्बन्ध, ओपेन रिलेशनशिप आदी चै धेरै फैलिएको पाए नेपालमा। तेही भर कुनै पनि नेपाली केटाले भन्छ कि अहिलेको टाइममा चै भर्जिन केटी पाउनु भनेको त असम्भव नै होला कि। कुनै कुटिल बोकाले साम्-दाम्-दण्ड-भेद गरेर या त पड्काइसकेको हुन्छ या खुद लड्की नै सेक्स प्रती टु क्युरियस भर आफ्नो भर्जिनिटी गुमाइसकेको हुन्छ।

तेही भर यस्तो श्वासनिको बिहे अघिको सेक्स-सम्बन्धबारे अनर्गल कुरा सोचेर-सोधेर केही हुन्न, कही पुगिन्न हो। मेरो एकजना साथी हुनुहुन्छ, छिमेकी मुलुक भारतबाट, वहाँको कुरा गर्नु हुन्छ भने जतिखेर पनि टीन-एजरमा यस्तिलाई पड्काए, उस्तरी पड्काए हुन्छ। गन्नेको खेतमा देखी लड्किलाई कम्बाइन स्टडी गर्न बोलाएर, अनी अमेरिकामा पनि रुम-मेट रहेको गोरी सँग। अब हेर्नुस् अहिले बिहे भर छोरी भईसक्यो। यो सब काम बन्द भ्ईसक्यो हो, तर ही इज भेरी केयरफुल अबाउट हिज दटर, किन भने केटाहरु कस्तो हुन्छ हि नोज फ्रम हिज ओन एक्स्पेरिएन्स। तर जब बिहेको लागि पहिलो कुरा गरे उनले हुनेवाला भाभीसँग, दे नो देइर लिमिट, एज म्याचुर पिपल, दे अग्ग्री टु म्यारी। अडल्ट उमेरका दुबैलाइ राम्रै थाहा थियो कि यती बेला समा रिलेशन हुन सक्छ, सेक्स सम्बन्ध बन्न सक्छ। यस्मा चै दुबै "तेरी भि चुप", "मेरी भि चुप" गरे रे, साथीको भनाइ अनुसार।
सो पूर्व सम्बन्धको बारेमा सोध्नु भनेको आफु र आफ्नो पार्ट्नरलाई दु:ख मात्र पुर्‍याउनु हो।

मेरो पर्सनल कुरा गर्नुहुन्छ भने, मलाई चै आफ्नुले पुराना गर्न/नहुने कामबाट केही सिखेर आउने वाला फ्युचरलाई राम्रो बनाउने मान्छे राम्रो लाग्छ। मेरो इन्डियन साथीलाई यो लड्की हरुको चप्पा -चप्पा कहानि थाहा हुन्छ, कुरा गर्न एकदम सिपालु, के अमेरिकन? के एजियन? सबैलाई पट्ट्यौन सक्ने खुबी छ तर अहिलेको टाइममा चै पहिले जे भयो-भयो, अब चै आफ्नो छोरी, वाईफ, घर परिवारको बारेमा धेरै सोच्छ। भनेको मतलब, आफुले गरेको गलतिहरु बार्-बार दोहोर्याउनु चै हुन्न, मुभ अन गर्न सक्नु पर्छ र आफु सँग जे छ हाल, तेसैमा खुशी खोज्न सक्नुपर्छ। नेपाली र इन्डियनहरुमा मैले देखेको फरक यही हो।
अब यो भन्दा मैले पनि मुभ अन गर्न सकिन होला कती कुरामा, खैर।
Read Full Discussion Thread for this article