Posted by: talu ko budi June 16, 2023
नजाने गाउँको बाटो...retroactive jealousy
Login in to Rate this Post:     0       ?        
मेरो एकजना साथी, साथी भन्दा पनि बहिनिको केहि महिना अगाडी बिबाह भयो . लामो समयको प्रयास पछि उनले मन मिल्ने केटा भेटिन र बिहे गरिन .अमेरिकामा भए पनि मागी बिबाह हो .यो भन्दा पहिले नेपालमा र अमेरिकामा पनि उनि प्रेम सम्बन्धमा थियिन तर त्यो बिबाहमा परिणत हुन सकेन .

ऐलेको बुढालाइ उन्ले आफ्नो बिगतमा कसै संग रिलेसंशिपमा रहेको र त्यो सफल हुन नसकेको भनेर बिबाह पूर्व नै भनेकी रहेछिन् , बिबाह पछि कुनै असमझदारी नहोस भनेर .

केटा धेरै हिसाबले एकदम ठिक छ रे तर केहि बानि बेहोरा चै एकदम अजिब खालको रहेछ . जस्तै समय समयमा केटिको बिगतको सम्बन्धको कुरा निकाल्ने . सामान्य सोधपुछका कुरा त ठिकै हुन् जुन सबैले गर्लान तर इन्टीमसीका कुरा कोट्याएर अफ्ट्यारो परिस्थिति सृजना गर्ने सम्मको कार्य भएछ .

सेक्स पोजिसनका कुरा निकालेर सोध्ने ,पहिले कस्तो कस्तो पोजिसनमा सेक्स गर्थेउ भनेर सोध्ने . ओरल देखि दुनिया दिवाना ग्रस कुरा सोध्ने जुन यहाँ लेखेर पनि साध्य छैन. बिचरा उल्से त आफ्नो पुरानो रिलेसनशिप पहिले नै डीस-ल्कोज गरेको भएर केहि फरक नपर्ला भनेर पुराना सम्मब्धक अन्तरंग कुराहरु अहिलेको श्रीमानलाइ खुरु कुरू भन्दि रहिछन .

बुडो कस्तो भन्दा पुराना सम्बन्धका कुराहरु आफै कोट्याउने अनि उसले भने पछि आफै मुख अमिलो पारेर २ ३ दिन सम्म तनाब लिएर बस्ने रैछ. यो कुरा एकचोटी होइन ३ ४ चोटी नै भै सकेछ . हद तब पार भएछ जब अस्ति उसले तिमीले त मलाई यी सब कुरा बिहे आघि त भनेनौ भनेर सोधेछ .

अरे बाबा केहि केटा मान्छेहरु ३५ वर्ष सम्म पनि केटा-केटि पाराकै हुन्छन .बिचारी उसले ३ ४ वर्ष कोहि संग सम्बन्धमा थिए भने पछि उसको बुढोले सबै आफै बुझ्नु पर्ने होइन र ? कि उसले कति चोटी नेचुरल सेक्स गर्यो ,कतिचोटी ओरल गर्यो देखि कति चोटी संगै बसेर पोर्न हेर्यो सबै भन्नु पर्ने हो ? आफ्नी बुढीको बिहे नगर्दाको अरु कोहि संग भएको शारीरिक सम्पर्कका पोजिसनहरु बारे जानकारी लिएर कसै लाइ रमाइलो लाग्छ र भन्या ?यदि रमाइलो लाग्दैन भने येस्ता नचाहिने कुरा उठाएर के फाइदा ?

केटि ३२ केटा ३६ ३७ को होला , यो उमेरोको केटा जो एकदमै पढेलेखेको र समजदार छ उसले एस्तो कुरा गर्न सुहाउछ र भन्या? यो त टिन -एज का केटा केटिले गर्ने प्रस्न भएन र ? जबकि केटिलाइ केटाको पुरानो सम्बन्दको बारे कुनै सरोकार नै छैन र तेस्ले कुनै आसर नै गर्दैन .

बिचरा केटो चै समय समयमा केटिको पुरानो कुरा कोट्याउछ अनि आफै भित्र भित्र २ ३ सम्म उकुसमुकुस हुन्छ . उसको पिडा आँखामा झल्किन्छ रे . कुनै दिन नेपालमा हुदा अर्को केटा संगको सम्बन्धको बारे सोध्यो भने के भनौ भनेर म संग प्रस्न गर्दै थिई .

मेल इगो हर्ट भएको हो कि के हो,अरु केटा मान्छेमा पनि एस्तो हुने मैले पाएको छु .जबकि केटीहरु लाइ आफ्नो केटाको पास्टले खासै फरक पार्दैन. केटीहरु आफुसंग हुदा आफ्नो केटाले धोका नदियोस भन्ने कामना गर्छन, तेत्ति हो .

मागी बिबाह गर्ने केटा साथीहरु, कित जिन्दगि भर कुमार बस्नुस नत्र कसैको बिगत खोतलेर आफ्नो जिन्दगि र अमुल्य समय खेर नफाल्नुस . नजाने गाउँको बाटो हिडेर कतै पुगिन्न .
Read Full Discussion Thread for this article