Posted by: edv2023 May 24, 2023
Has anyone flown from KTM via qatar airlines at 2:15 am ?
Login in to Rate this Post:     0       ?        

हात हालेको भनेर कुटेको चै हैन सर , तर कठालो सम्म हात चै पुगेको हो . कुरो के भयो भन्दा म सग अरु २ जना पोलिटिकल मान्छे पनि हुनु हुन्थ्यो . बिना कुनै जानकारी flight cancel गरेछ अनि ९ घण्टा एरपोर्ट मै बस भन्यो . नियेम अनुसार ८ घण्टा भन्दा माथिको लागि होटेल दिनु पर्ने हुन्छ . हामीले त्यो मागिम दिएन , बरु भिकारीलाइ जस्तो २० डलरको फुड कुपन पो दिन्छ .

अनि मैले आफ्नो फोन निकालेर video लिन थाले , त्यो म्यानेजर्ले video नली भनेर मेरो फोनमा येसो छुयो , तेस्लो छुय पछि मेरो पारो तात्यो अनि मैले कठालो समाते . त्यो मान्छे एकदमै डराएर security security भन्दै कराउन थाल्यो . १० मिनेट पछि २ ओटा पुलिस आए , पुलिश पनि कस्तो तोर्पे तोर्पे , सुडान देशको , अंग्रेजी राम्रो संग नबोल्ने . त्यहाँ येति धेरै नेपाली जम्मा भएकि पुलिश आफै नर्भस भयो .
त्यहाँका नेपाली कामदारले हाम्रो नेताहो भनेर थाहा पाए पछि , मिला पत्रमा दुवै पछ्यलाइ साइन गरायो र केश टुंगिएको र थप केहि गर्नु नपर्ने भनेर पुलिश गयो .

समय लाग्यो तर मैले टिकटको पैसा फिर्ता पाउन सफल भए . मलाई block त गरेको छैन होला किनकि तेस्को एक हप्ता पछि कतार बाट अम्रिका आए . सायद हामी गरिब भएर होला , नेपालीलाइ एकदम नराम्रो बेबहार गर्छ .

अब म आफै कतार चर्दिन , म पहिले १८ १९ मा नि कतार चडेको हो तेतिखेर खासै केहि समस्या भए जस्तो लागेन . अहिले २ चोटी नै flight cancel भयो .

यो त भै परि आउने घटना भयो , सायद अरु airlines मा नि हुन्थ्यो होला . तर ब्रिद्द , ब्रिद्दा हरुलाई येतिक्कै ७ ८ घण्टा छोड्ने काम चै ठिक लागेन . एक जना नेपाली आमा कस्तो डराइ राख्नु भएको थियो , मैले सहयोग गरि दिए .
Read Full Discussion Thread for this article