Posted by: logan May 12, 2023
पहिलो पल्ट च्याउ खादा
Login in to Rate this Post:     0       ?        
दशौ कक्षा सुरु हुनु अगि खेति तिर लागियो | परालको मचान तुरिएको थियो भन्नु पर्यो , जे जति थियो पानीले भिजेर कुहिएर च्याउ हरु उम्रिएका थिए | गाउले हरुले टिपेर लैजाने गर्दा रहेछन | म आउने भन्ने थाहा पाएर आमाले त्यो साता चै कसैलाई टिप्न दिनु भएन छ | मलाइ प्राथमिक बिद्यालयमा पढाउने गुरु कि गुरुआमा तेतिखेर पुरानै पारामा हुनु हुन्थ्यो | गाउ पुगे पछि मैले पनि गुरु पुत्रहरुलाई लौ आज नया चिजको खोजि गर्ने भएर आफ्नो घर ल्याए | च्याउ टिप्न लगाएर पकाउन लगाई चिउरा संग ख्वाए | एउटाले भन्यो यो त खसिको गिदी भन्दा पनि मिठो रहेछ , किन हामीलाई खान हुदैन भनेका हुन् तिर घोरियो |
पछि घर गए पछि च्याउ कति मिठो हुँदो रहेछ लोगन दाइले नख्वाएको भए यो गाउ नछोडुञ्जेल मुखमा पनि हाल्न पाइदैन थियो | अनि गुरुआमाले भनिन "बाहुन ले च्याउ खाओस न च्याउको बात जानोस"

बाहुनले च्याउ खान हुँदैन भन्नु मुसलमानले सुँगुर खान नहुने बनाए झैँ हो ( It was for protection, people die eating pork due to tapeworm, mushroom are poisonous too)
Read Full Discussion Thread for this article