Posted by: Bennedict April 25, 2023
रक्सी - एक चिन्तन
Login in to Rate this Post:     0       ?        
पुरनो थ्रेड माथि ल्याउदैछु, अरु कुनै बिशेष कारण नभएर क्रेजी लवजीले केही प्रश्न राख्नुभको रहेछ, तेही भर मात्र हो। माफ गर्नु होला, मैले देखेको हुनुपर्छ तपाईंको प्रश्न, तर यता उतामा बिर्सिईएछ।
"प्रश्न गम्भीर छ, कोइ किन रक्सी खान्न्छ ? महिला वा पुरुष? केटी वा केटा?"
मैले थाहा पाए अनुसारको जो मान्छेहरु डेली रक्सी खाएर झ्याप हुन्छन, उनिहरु खाएको समयबाहेक अरु बेला नर्मल नै हुन्छन, आफ्नो रेगुलर काममा जान्छन, अनी राम्रै ब्यव्हार देखाउछन, तर जब राती पर्छ अनी काम सकिन्छ, तेसपछी सुत्न अघी त खानै पर्‍यो भको देखे। अब यहाँ त खासै कुनै मानसिक रोग, ब्यथा, अरु पारिवारिक समस्या भको चै देखिएन। अब यो त म अड्डिक्सन नै भन्छु। रात परेछी हरेक दिन त खानै पर्‍यो रे, नखाइ हुँदै हुन्न रे, यस्तो सम्म देखे। बिशेष गरेर होटेलमा काम गर्नेहरु त पुरा टुवाके भको पाँए। अब स्टुडेन्ट भिजामा आएको एउटा केटा थियो, अब अरु पढाई-सढाइ मा ब्यस्त होला भनेको त रात परेची त बोटलका बोटल बियर सल्टाउथ्यो हो। अनि किन त्यस्तो भन्दा त बियर कहाँ रक्सी हो रे। हरेक हफ्ता त बक्सका बक्स खाली बियरको बोटल निस्कन्थे ट्र्याश डे मा। हामी पनि स्टुडेन्टमै आएका हौ, तर यस्तो चै गरिएन हो। उसै त त्यो बेला ट्युशन फी तिर्न मुश्किल हुन्थ्यो, कहाँ बियर, रक्सी खाइ झ्याप भै बस्नु?
र कती रक्सी डेली खाने मान्छे चै डिनायलमै बाच्ने गरेको देखे, केही भने, सोधे कि, आफुले केही नराम्रो गरेकै छुइन, कहाँ धेरै खाए र? भन्दै आर्गु गर्थे, पछी पछी त हेर्यो, छोड्यो। आफ्नै समस्या छ लाईफमा, कस्-कसलाई हेर्नु, केही भन्नु?

तर मानसिक प्रब्लम नै भएको रक्सी डेली खानुपर्ने मान्छे नि भेटे बस्टनमा। उसले त रिह्याब समेत् गएको रहेछ, डेली नखाए त उसलाई अनेकौ डरलाग्दो सपना आउदो रहेछ, यस्तै रक्सी खाएर गाडी चलाएछ अनी ठोकेछ पुलिसकै गाडी। लाइसेन्स सब क्यान्सिल, घर-काम सब कि त हिंड्ने कि र बस, ट्याक्सी भएछ हो। यो मान्छेलाई देखेर चै सार्है टिठ लागेको थियो, रक्सीले गर्दा श्वासनीसङ पनि डाइभोर्स भएछ, बिचमा रिहेब जान छोडेकोले फेरी एक्लै परेछ अनी फेरी डेली रक्सी शुरु। हामीले पो के गर्न सक्नु? तर अन्तमा रिह्याबले फेरी बोलाएछ, एक्स्ट्रिम केस भएकोले होला। अब मर्नु र बाच्नुको स्थितिमा रहेको मान्छे। धन्न ग्रीन कार्ड थियो र स्टेटले अब्लिगेशन मान्यो भनौ।

अब हेर्नुस् क्रेजी लभजी, रक्सी सधैं खानै पर्ने स्थिती छ भने रक्सी खाने मान्छे आँफै अघी आउनुपर्छ, उसको बिमारी उ आँफैले नै चिन्नुपर्‍यो नि हैन र? हामीले केही भन्दा त झन उल्टो बाझ्न आएको पो देखे। मलाई हेल्प चाहिन्छ भने हामी बाटो देखाउन सक्छौ तर झन उल्टो डिनायल मोडमा गएर अट्टित्युड देखाउने हरु पो छन यहाँ। केटीहरु पनि यो स्थिती सम्म पुगेको पनि सुने बस्टनमा। अस्ती मात्र कामको साथीले भन्दै थियो। कुनै नेपाली आईमाई हरेक रात कामबाट फर्केर राती राती चिल्लाउदै बस्छे रे, अनी मैले किन भन्दा त रक्सी खाएर एक्लै बोल्दै, मुख छोड्दै, छाडा बोल्छे रे। अनी त्यस्तो मान्छेसँग कसरी कुरा गर्नु? सबै डराइ हाल्छन हैन? अनी भोली होशमा आएछी कस्को हिम्मत केही भन्ने?
यो बिमारी नै होला, हामीले कसरी उपचारको कुरा गर्ने? मान्छेहरु उसै त टुवाकेहरुसँग इन्टिमिडेट हुन्छन। आँफै अघी आए अफ्शनहरु छन, हो।

"तपाईंको यो कुराले के सोच्न वाध्य बनाउछ भने public ठाउमा गएर कुनै पनि मान्छे केटा वा केती अनियन्त्रित रुपमा रक्सी वा अरु लागु पर्दार्थ प्रयोग गर्नु सुरक्षित हुँदैन, सामाजिक, मानसिक, र नैतीक परिभाषामा।"
हो पब्लिक ठाउमा झ्याप भर हिड्दा केटा, केटी दुबै असुरक्षित हुन सक्छन, अनी फेरी साथी या सङै गको मान्छे पनि झ्याप छ भने त जो कोही सेक्सुअल्ली अब्युज हुन सक्छन।

"At the same time, who we are to judge if someone makes their decision to get pleasure from alcohol and drugs."
जज गर्न त मिल्दैन, तर यस्तो नाटक देखाए, मान्छेहरुले हेर्दिन्छन, रमिता देखाए रमिते हरु टन्न पाईन्छन, के भन्ने अब हाम्रो नेचर तेस्तै हुन्छ। मोडेरेशनमा ड्रिन्क गर्नु नै ठीक होला, तर के भन्ने, कसैलाई तेही मात्राले केही गर्दैन, कसैलाई तेसैले पुरा झ्याप गरेर नौटन्की देखाउन वाध्य बनाउछ। मान्छेहरुले सिक्नु पर्‍यो, मलाई के गर्दा के हुन्छ र के खादा के हुन्छ। तर रक्सी अगाडि आएपछी चै धेरैले यो सब भुल्ने गरेको देखे, केटा होस् या केटी।

"Agree with you! What is your thought on drunk men in social gathering creating drama and trying to molest girls and women?"
यो तपाईंले भनेको जस्तै कुन्ठित सोच र नैतीकता पतन् भको केटाहरु हुन, जो रक्सी खाए पछी के गर्दा ठीक र के गर्दा बेठिक हुन्छ पनि ज्ञान राख्न सक्तैनन। अब त्यो बेला त त्यो केटी पनि हौसिएर ग्राइन्डिङ गर्दै नाचेकि थीई। मीन्स शी वज नट रेजिस्टिङ इट, के भन्ने, सबैले गती छाडेपछी। तर रक्सी खाएर केटाहरु पनि गर्नु गर्छन्, आई डोन्ट डिनाइ। रक्सी खाएछी अरु बेला भिजेको बिरालो हुने केटालाई कहाँ कहाँको आँट, मुँढे बल, वाक पटुता आएको सबै देखे।

यस्तै छ। आफुले आफुलाई चिन्नुपर्‍यो तेही हो। हेल्प चाहिएको भए, सीक फोर हेल्प। ड्याट्स अल्ल।

Read Full Discussion Thread for this article