Posted by: Bennedict April 24, 2023
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Login in to Rate this Post:     1       ?         Liked by
मेरो आफ्नो अनालाइसिस गर्दा मैले के पाउछु भने, मलाई मान्छेमा हुने डबल स्ट्यान्डर्ड देखी सधैं रिस उठ्छ। मैले अमेरिकामा नेपाली लगायत अरु मुलका पनि मान्छेहरु यस्ता भेटे कि आफु चै भएभरका केटीसँग सुत्दै हिंड्ने रे हैन "बीकज आई एम अ म्यान" भन्दै, अनी भरे आफुले बिहे गर्ने केटी चै यता-उती नगरेकी, तथा कथित सती-साबित्री, घरेलु, भर्जिन होस् रे। यस्तो सोच चै के भनौ।
मेराजजीले जहाँ माथि यतिका लामो अनुसन्धान गरी वरी लेख्नुभको छ "व्हाइ मेन आर प्रमिस्कस?" भन्दै। के त्यस्तो भने महिलाहरु चै प्रमिसकस, होर्नी के पनि हुन्नन त? तेसो भनेर परिवार, लोग्ने बाहिर उनिहरुलाई सेक्स सम्बन्ध बनाउनै पर्दैन त? उनिहरुलाई पुरुष पात्र भन्दा धेरै बार्-बन्देज चै छ तर अहिलेका महिलाहरु त धेरै अगाडि छन हो, मेराजजी नेपाल बसेर थाहा हुनुपर्ने, के के गर्न पछी पर्दैनन भनेर। जो कोही यहाँ साझामा भएका "सो कल्ल्ड" नेपाली केटाहरु जती सुकै छाडा ब्यवहार गर्दै, अनेकौ बाह्य सेक्स सम्बन्ध बनाउदै हिंडे पनि घरमा चै आफ्नो दिदिले यसो नगरोस, बहिनिले यसो नगरोस भन्छन, मेरो हुनेवाला श्वासनी, या भैसकेकि श्वासनीले यस्तो नगरोस भन्छन, यु किड्डिङ मी?
हिप्पोक्रेसीको कुरा अरु माथि दाग्नु अघी आफुले चै के गर्दैछौ, के भन्दै छौ, त्यो पो हेर्ने हो कि भन्ने मात्र मेरो अनुरोध हो। कोही केटा प्रमिस्कस या होर्नी हुनु अपराध हो भन्नु मेरो आर्गुमेन्ट हैन, तर अरुको छोरी, दिदी बहिनी माथि सेक्सको नजरले हेर्नु भन्दा अघी आफ्नो परिवारको कोही महिला लाई कोही बाहिरको होर्नी केटाले त्यस्तो नजरले हेरेको हामी आक्सेप्ट गर्न सक्छौ कि सक्दैनौ? प्रश्न यती हो।

प्रोगेस्सिभ बिचार मात्र राखेर भएन, कार्यन्वयन पनि हुनु पर्‍यो नि हैन र?

Read Full Discussion Thread for this article