Posted by: Bennedict April 19, 2023
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Login in to Rate this Post:     0       ?        
रामभक्तजी,


जस्तो तपाईंको लाइफ स्टाइल छ, त्यो हेर्दा त यो २०-३०००० तपाईंको १-२ दिनको खर्च होला, तपाईं अब १ महिना बस्नुस् अनी दिनको धेरै त हैन ने. रु. ८००० ने रु को दरले खर्च गर्नुस् तपाईंको डेढ लाख सकिन कती बेर लाग्छ अनी बुझ्नु होला हो। कती दिनको लागि कहाँ कहाँ जाने नेपालमा त्यो आदी कुराले भन्ला तपाईंलाई सस्तो लाग्यो कि महँगो। जानुस् टाढा टाढा अन्नपूर्ण बेस क्याम्प या तिलिचो ताल महिना भरको लागि अनी तपाईंले बुझ्नुहोला के के हो भनेर।
एक हफ्ताको बसाइले यस्तो सस्तो भयो भन्न चै मिल्दैन होला ल। पैसा छ भने त नेपालमै अमेरिकन लाइफ स्टाइल गर्नेहरु चै छन, हो मैले पनि देखे लास्ट भिजिटमा। अब तपाईं जस्तो मेरो अनौठो अनौठो शौख छैन, मोडेल लगेर होटेल जाने, ७०००को रक्सी धोक्ने, रात बिरात ठमेल चहार्ने, बाहिर बाहिर खाँदै हिंड्ने गर्नेमा चै म पर्दिन होला।
ड्याट्स नट मी।
Read Full Discussion Thread for this article