Posted by: logan March 18, 2023
पुटिन को गिरफ्तारी आदेस भनेको बिरालोको घाटीमा घन्टी बधाइ
Login in to Rate this Post:     0       ?        
पुटिनको गिरफारी आदेश सबै तिर छापिएका छन् | सुन्दा ठिकै नै हो जस्तो लाग्छ, अकारण आफु बाट छुट्टेर गएको उक्रेन स्वतन्त्र राज्यलाई निमिट्यान्न बनाउन खोजेको छ | ठिक र बेठिक भन्दा पनि सबै रास्ट्र हरु आफ्नो दुनो सोझ्याउने तिर लाग्छन | सबै भन्दा सक्तिशाली देशमा चिन भएको छ र आफुले उत्पादित हतियार बिक्रि गर्न रुस संग साठ गाठ हुदैछ भने भारत पनि उहिले देखि रुस मुखी थियो भने जन्मान्तर रुसी पक्षधर हो र उसकै पछि लाग्छ जबकि भन्ने बेलामा भारत हामि संसारकै सबैभन्दा ठुलो प्रजातान्त्रिक मुलुक हौ |
यो गिरफ्तारी को कुरा सुने पछि मैले स्यानो मा सुनेको मुसा बिरालाको कथा सम्झन पुगे |मुसा हरुले बिरालो बिरुद्द के गर्दा ठिक होला भनि भेला भएको सभाले बिरालोको घाटीमा घन्टी बाधी दिए पछि उ जता जता जान्छ हामीलाई घन्टी को आवाज ले सतर्क बानाउने कुरा मा सर्ब सममत भए | सैधान्तिक रुपमा ठिकै हो तर बिरालोको घाटीमा घन्टी बाध्ने HULK निक्लिएनन |
पुटिन को गिरफ्तारी भनेको मुसाहरुले बिरालाको घाटीमा घन्टी बाध्ने योजना सरह हो |
Read Full Discussion Thread for this article