Posted by: edv2023 March 1, 2023
नेपालीमा लगानी vs अम्रिकामा लगानी
Login in to Rate this Post:     0       ?        
मेरा एकजना ससुरा २० वर्ष अम्रिका बसेर अबको एक वर्षमा रिटाएर्ड भएर नेपाल फर्कदै हुनुहुन्छ । राम्रो जागिर भए पनि वहाले धेरै राम्रो आर्थिक जोहो गर्न सक्नु भएन। यसको प्रमुख कारण चै वहाले धेरै पैसा ३ ओटा सन्तानको पढाईमा खर्च गरेर तिनै लाइ अम्रिकामा डाक्टर बनाउन सफल हुनु भयो । अघिल्लो २ जनाको पढाई खर्च खासै धेरै नभए पनि ३ नम्बरको सन्तानको खर्च चै धेरै परेछ, कारण चै उसले खासै scholarship प्राप्त गर्न सकेनछन्। बिना scholarship डाक्टर बन्दा थाप्लोमा चार लाख डलर ऋण परेछ , तेस्को ४०% वहाले तिरी दिनु भएछ ।

वहाको ऐले सम्मको लगानी चै एउटा university town मा २०१० हाराहारी किनेको 180 k को घर र २०११ -१३ बीचमा नेपालमा लगभग २ लाख डलरमा किनेको जमिन अनि ४०१K को बचत रैछ । ४०१ मा के कति छ खासै disclose भएन तर अम्रिकामा २०१० मा किनेको घरको ऐलेको मुल्यांकन चै $350 K को हाराहारीमा रैछ अनि २ लाख हाराहारीमा नेपालमा किनेको जग्गाको मुल्यांकन चै २५ करोड नेपाली रुपियामा पुगेछ । बुडा दङ्ग छन् । गाउँको पुर्खायौली सम्पति बाहेको २५ करोडको जग्गा जमिन भए पछि त बुढा-बुढीलाइ खासै चिन्ता हुने भएन । तेही २०० K ले अम्रिकामा घर किनेर भाडामा दिएको भए सायद उनको घरको मुल्यान्कन अहिले ३००K र भाडा बापत मासिक २००० डलर आउथ्यो होला ।


लगानीको हिसाबले त राम्रै होला तर नेपालमा आकासिएको जग्गा जमिनको भाउ चै अचम्मै पार्ने खालको छ । ललितपुर इमाडोलमा "राता मकै चोक " भन्ने ठाउँमा मैले २०१४ तिर ४ आना जग्गा बेचेको थिए प्रति आना 7 लाखको दरले बैंकको ऋण तिर्न , त्यो जग्गा ऐले पनि तेस्तै छ । २ पटक बिक्रि भै सकेछ , मैले ऐले बेच्ने मूल्य कति भनेर सोधेको 60 लाख प्रति आना रे !
Read Full Discussion Thread for this article