Posted by: Bennedict February 7, 2023
Tesla
Login in to Rate this Post:     0       ?        
राम भक्तजी,

# सबैले तपाईं भने जस्तै सोच्दैनन होला। हरेक मान्छे को प्रायोर्टी फरक होला। तपाईंलाई टेस्ला चढेर धाक लाउन मन लाग्छ होला, कसैलाई तेही टेस्ला किन्ने पैसा नेपाल पठाएर आमाबाउलाई हेल्प गर्ने सोच होला। यसरी सबैलाई एकै तरिकाले जज गर्न त मिल्दैन हो।
# २० बर्ष पुरानो गाडी चढेर पनि कसैको तपाईं भन्दा बढी बैंक ब्यालन्स हुन सक्छ, तपाईंलाई के थाहा? गाडी कस्तो चढेछ? लुगा, जुत्ता कस्तो लगाएको छ भनेर मान्छेलाई जज गर्ने दिन त गए हजुर। के थाहा सेक्सीजी को नेट वर्थ तपाईंको भन्दा बढी छ कि न? यहाँ यस्तो लेख्यो भनेर सेक्सीजीलाई तरकारी बोक्ने ट्रक चढ्यो भन्न त मिल्दैन हो।

तपाईंको कुरा सुन्दा त "थ्री इडियट्स" फिल्मको एउटा क्यारेक्टर को याद आयो। हुन्छ एउटा एन आर आई, ब्रान्ड ब्रान्ड को जानकार, अनी बिहे गर्न लाको हुन्छ फिल्म को हिरोइन, तर हिरोइन भन्दा उसलाई ब्रान्डेड घडी र ब्रान्डेड जुत्ताको मात्र चिन्ता भए पछि पाउछ ठुलै लात, हो तेस्तै होला हो तपाईंको पनि हालत, समयमा बिचार गर्नुस्।
Read Full Discussion Thread for this article