Posted by: Bennedict February 7, 2023
RBi Lamichhane wants to be world famous!
Login in to Rate this Post:     1       ?         Liked by
रबी लामिछाने हरेक पटक कन्ट्रोभर्सीमा आएर मीडीयामाझ धाराप्रबाह बोलेको सुन्दा त कस्तो लाग्छ भने, वहाँ आफु फेम खोज्दै बसेको हैन कि फेम नै उँहालाई पछ्छ्याउदै बसेको छ। कहिले नागरिकता बिबाद, कहिले कोही आत्म-हत्या गर्‍यो भन्ने बिबाद, कहिले पदबाट बर्खास्त भएको बिबाद। अब यस्तो मान्छेको चै "म्याग्नेटिक पर्सन्यालिटी" चै रहेको मान्नै पर्छ हैन र? यस्तो मान्छे भएर त ३-४ विवाह भएको (अमेरिकन केटी समेत) होला। कसैलाई त एउटै पाउन मुश्किल छ कसैको चै ४-४ वटा सम्बन्ध बन्नु भनेको त्यो मान्छेको बोल्ने शैली र इम्प्रेसिभ ब्यक्तित्व रहेर त होला हैन? करिश्मा मानन्धरसँग उँहाको हल्ला त मैले नि सुनेको, तेही भएर धमलाले करिश्मालाई एकचोटी "तपाई र रबी लामिछानेको सम्बन्ध के हो" भन्दै सोधेर ह्यालक्याल गरेको मैले नि देखे। अनी रबीको सपोर्टमा एकताका अथाह भिड उर्लदा करिश्माले "नेपालीहरु भेडा हुन" भनेर सोशल मीडीयामा के लेखिन, ठुलै ट्रोलको सामना गर्नुपर्‍यो उँहाले।
हेर्नुस्, बिदेशमा एक्लै बस्दावर्दा विवाहितहरुको पनि सम्बन्ध बन्न सक्छ, अब हामीलाई थाहा छैन, करीश्मा र रबीको के कस्तो थियो, मे बी असल साथी मात्र हुन कि? करिश्माले भने अनुसार, तर पछी बोल्-चाल बन्द भको जस्तो देखिएको हुनाले, दुबै बिच केही भको हुन पर्छ, आई डोन्ट नो। त्यो बारेमा खोइरो खन्ने मेरो आशय हैन। करिश्माले पनि सानै उमेरमा स्ट्रगल गरेकी मान्छे हुन, अहिलेको टाइममा कोही केटी सात क्लास पढ्दा पढ्दै फिल्मको हिरोईन बन्न त गाहारै छ होला , रबीको केसमा अब अमेरिका छोडेर नेपालमै केही गर्छु भन्ने मान्छे, यस्तो मान्छेहरुलाई त मान्नै पर्छ।
तर मलाई चै अहिले उहाको नागरिकता बिबादले धेरै कुराहरु बल्झ्याइदिएको जस्तो लागिरको छ। अमेरिकामा मल्टी-मिलियन डलर घर, बिजिनेस भको, अमेरिकन सिटिजन लीईसकेको धेरै नेपालीहरुले नेपालमा धेरै रुपमा लगानी गर्दै आएका छन, मैले नै देखे अनुसार यहाँका धेरै नेपालीहरु नेपालमा घर-जग्गा मात्र नभै धेरै ठुल्-ठुला प्रोजेक्टहरु जस्तो हाइड्रो आदीमा लगानी गर्दै गरेको नि देखे। अब यो नागरिकता प्रकरणले कस्तो रुप लिन्छ, त्यो चै हेर्नै पर्छ। किनभने हामी सबैले टेक्निकल्ली त गलत काम नै गरेका छौ होला हैन? यहाँ चै सिटिजन लिने अनी नेपाल गएर नेपाली नागरिकतामा घर-जग्गा किन्ने, अनी प्रोजेक्ट्मा लगानी गर्ने, पछी कानुनले खेदो खन्यो भने त हामी सबै मुश्किलमा पर्छौ होला। बिदेशी भएर कसरी नेपाली नागरिकता युज गरिराको भनेर, हैन?
रबीको यो नागरिकता कान्डले चै मैले बुझे अनुसार धेरैलाई टेन्सन नै दिएको छ। अझ प्रपर्टी इन्हेरिटेन्सको त छुट्टै टाउको दु:खाइ छ, खै के हुने हो?
Read Full Discussion Thread for this article