Posted by: Khaobaadi_Netaa January 26, 2023
आत्मदाहका घटनाहरू बडेपछि बोतल र जर्किनमा पेट्रोल बेचे प्रहरीले कारबाही गर्ने
Login in to Rate this Post:     0       ?        

https://www.onlinekhabar.com/2023/01/1252966

पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनी समेत दिएको छ ।

संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आफैंलाई आगो लगाएर प्रेमप्रसाद आचार्यको मृत्यु भएको छ । १८ मंसिरमा बुद्धनगरकी पुष्पा न्यौपानेले पनि आफैंलाई पेट्रोल छर्किएर आत्मदह गरेकी थिइन् । हालै सिभिल मल अगाडि पनि एक युवकले आफैंलाई जलाएका थिए ।

आत्मदाहको प्रयास गर्ने प्रेमप्रसाद आचार्यको निधन - Purwanchal Daily

यस्ता घटना बढिरहेका बेला प्रहरीले सार्वजनिक सूचना जारी गर्दै पेट्रोल पम्पहरूबाट खुल्ला रूपमा बोतल, जर्किनलगायतका भाँडोमा पेट्रोलियम पदार्थको बिक्री वितरण भएकोबारे ध्यानाकर्षण भएको बताएको हो ।

आगलागी, मानवीय र भौतिक क्षतिका साथै सुरक्षा संवेदनशील हुने भएकोले खुला रुपमा बिक्री वितरण नगर्न प्रहरीले सचेत गराएको छ । यदि बिक्री गरेको पाइएमा कारबाही गर्ने चेतावनी प्रहरीले दिएको छ ।

काठमाडौंमै केही समय अघिमात्रै एक युवतीले पनि इन्गेजमेन्ट टुटेपछि प्रेमीको घर अगाडि आत्मदाह गरेकी थिइन् ।


Read Full Discussion Thread for this article