Posted by: logan January 6, 2023
मेरो ५० सेन्ट बचाउने बुद्दिमानिता संगै Mr. Nepal बनाउन "Go Fund" को पहल
Login in to Rate this Post:     0       ?        
गो फण्ड् अगाडि बढने सुरसार देख्दिन | सबै साझा बासी हरु मितब्ययी हुनु हुन्छ कि मागी मागी छोराको बिहे उखान सम्झेर हच्किनु भएको हो? एकजना हुनुहुन्थ्यो र उनका हितैसिको बिहे हुने भए पछी पलङ सेट किनी दिउम भनी प्रस्ताब राख्नु भए पछी एकजनाले "दातलाई भन्दा हातलाई खस खस" भनेको एही हो | त्यो त बिहे गर्नेले थाहा पाउनु पर्ने र ब्यबस्था गर्नु पर्ने होइन र ? पछी एकान्तमा " यिन्लाई चै त्यो चाका चुली को धुन रेकर्ड सुन्न दिन्छन होला "? भनेका थिए |
मेरो प्रस्तव चै जसरी वहाँ एक दर्जन अन्डा खाँदै आउनु भएको र महगिको कारण छोड्न लाग्लान र कही Mr. Nepal बनाउने इच्छा बाट सुरु गरेको धागो हो कहिँ तुहिन्छा कि भनि डर लाग्दै छ !
मितब्ययिताको कुरा मात्र होईन इजरायली ब्यापारी वा मार्वाडका ब्यापारी लाई पनि १० हात पछाडी बनाएर प्रियास किन्ने चान चुने कुरा होइन रहेछ भन्ने कुरा चै यही साझा बाट बुझे पछी सुखद र दु:खद दुबै अनुभब गर्दै छु | अहिले सम्म कुन चै पाटा भारी छ छुट्याउन् सकेको छैन|
एक दर्जन अन्डा अनी रानी चै छोरा छोरीलाई खाउने कुरामा असहमती जनाउछु तेसैले प्रोटिन अन्डमा मात्रा पाईन्छ भनी जोड नदिउन भन्ने मनसाय पनि हो | अन्य खाद्य प्रदार्थ बारे पनि पहल हुनु पर्ने होइन र ? प्लान्ट बेस प्रोटिन पनि पाइने कुरा जानकारी नभएको त अबस्य नै होइन होला ? अमेरिका छिरेको पहिलो बर्षमै साना गाडी चलाऊने मर्छन , मर्छन र अपराधी हुन भन्ने ठुलै जानकारी भएका पुरुष होलान|
अझै आशा मारेको छोइन , गो फन्ड लाई दैनिक ३X३६५ मात्रै लाई पुग्ने उठाउदा कसो होला? हाइट र वेट को कुरा सँगइ इच्छा सक्ति सुन्दा go फण्ड् लाई तुहिन दिनु हुन्न भन्ने लागेर यि हरफ थपेको हुँ | मेरो तर्फ बाट आज सम्म प्रियस किने पछी 2022 मा भएको बचत = ५० सेन्त्स प्रती हप्ता गुणन ४८ हप्ता बराबर चै म अहिले नै हाल्न तयार छु |

चोरेर, ढाटेर,घुस खाएर कमाएको भन्दा ५० सेन्ट्स बचाई राम्रो होईन र ?
Last edited: 08-Jan-23 11:00 AM
Read Full Discussion Thread for this article